भोटेकोशी बाढीपीडितका लागि जनकपुरको माँ जानकी डेरीद्वारा ५१ हजार सहयोग : JCNEPALMEDIA

भदौ १७,२०८३ / जेसी नेपाल संवाददाता

भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि माँ जानकी डेरी उद्योग प्रा। लि। ले ५१ हजार रुपैयाँ सहयोग गरेको छ । डेरी उद्योगका सञ्चालक सन्तोष कुमार सिंहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् ।

बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले सिंहले आर्थिक सहयोग गरेको जनाइएको छ । विपद्का बेला व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उनले राहत कोषमा रकम प्रदान गरेका हुन् ।

भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रका नागरिक प्रभावित भइरहेका बेला राहत तथा उद्धारका लागि राज्यसँगै निजी क्षेत्र, व्यवसायी तथा विभिन्न संघसंस्थाबाट सहयोग जुटिरहेको छ । सिंहको सहयोगले विपद्को समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउनुका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सन्देश दिएको छ ।

साथै, विपद्को समयमा सक्षम व्यक्ति तथा संघसंस्थालाई राहत तथा उद्धार अभियानमा सहयोग गर्नसमेत आग्रह गरिएको छ ।

प्रकाशित : भदौ १७, २०८३              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

विद्युत अफिसका हाकिम यादव ५१ हजार रुपैयाँ घुससहित रँगेहात पक्राउ : JCNEPALMEDIA

आजको संसद् बैठकमा सभामुखले प्रस्तुत गर्दैछन् ‘विशेष प्रस्ताव’ : भोटेकोसी बाढी JCNEPALMEDIA

भोटेकोशी बाढीपीडितका लागि धनौजी गाउँपालिकाले २२ लाख बढी रुपैयाँ सहयोग गर्ने : JCNEPALMEDIA

कांग्रेसका क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्न पाँच दिनको समय थप : JCNEPALMEDIA

रसुवा बाढी घटनामा धनुषाका १३ जनामध्ये ७ जना सम्पर्कमा ,मधेशका १६२ काे अवस्था अझै अज्ञातै : JCNEPALMEDIA

रसुवा बाढी घटनामा धनुषाका १३ जनामध्ये ७ जना सम्पर्कमा ,मधेशका १६२ काे अवस्था अझै अज्ञातै : JCNEPALMEDIA