भोटेकोशी बाढीपीडितका लागि जनकपुरको माँ जानकी डेरीद्वारा ५१ हजार सहयोग : JCNEPALMEDIA

भदौ १७,२०८३ / जेसी नेपाल संवाददाता

भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि माँ जानकी डेरी उद्योग प्रा। लि। ले ५१ हजार रुपैयाँ सहयोग गरेको छ । डेरी उद्योगका सञ्चालक सन्तोष कुमार सिंहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् ।

बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले सिंहले आर्थिक सहयोग गरेको जनाइएको छ । विपद्का बेला व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उनले राहत कोषमा रकम प्रदान गरेका हुन् ।

भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रका नागरिक प्रभावित भइरहेका बेला राहत तथा उद्धारका लागि राज्यसँगै निजी क्षेत्र, व्यवसायी तथा विभिन्न संघसंस्थाबाट सहयोग जुटिरहेको छ । सिंहको सहयोगले विपद्को समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउनुका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सन्देश दिएको छ ।

साथै, विपद्को समयमा सक्षम व्यक्ति तथा संघसंस्थालाई राहत तथा उद्धार अभियानमा सहयोग गर्नसमेत आग्रह गरिएको छ ।

प्रकाशित : भदौ १७, २०८३              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA