रसुवाका बाढी प्रभावितलाई PAPAYA लगायत गलफ समाज ,फिक्रे नेपाल र ईस्लामिक फाउन्डेसन संस्था द्वारा ४ लाखभन्दा बढीको खाद्यान्न सहयोग : JCNEPALMEDIA

भदौ १८,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : रसुवाको बाढी प्रभावित क्षेत्रमा बाढी प्रभावितलाई PAPAYA लगायत गलफ समाज ,फिक्रे नेपाल र ईस्लामिक फाउन्डेसन संस्था द्वारा ४ लाखभन्दा बढीको खाद्यान्न सहयोग गरेका छन ।

जनकपुर ईस्लामिक संस्थाका अध्यक्ष अजिजकाे अगुवाइमा रसुवा बाढीपीडितका लागि ४ लाख ५० हजारकाे खद्दान समाग्री सहयोग गरेको छ । भाद्र १२ गते रसुवा बाढी पिडतका लागि इसलामिक संस्थाका अध्यक्ष माे. अजिजकाे अगुवाइमा PAPAYA लगायत- गलफ समाज सेवा संस्था ,फिक्रे नेपाल र ईस्लामिक फाउन्डेसन लादाेले विभिन्न खद्दान समाग्री संकलन गरी सहयोग गरेका थिए ।

आइतबार समाजले गोसाइँकुण्ड गाउँपालिका–२ अन्तर्गत टिमुरे र घट्टेखोला क्षेत्रमा बाढी प्रभावित परिवारका लागि दाल, चामल, नुन, तेललगायत खाद्यान्न सामग्री उपलब्ध गराएको हो। गल्फ समाज सेवा संस्थाका अध्यक्ष जमशेद राइनले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री सहयोग गरिएको जानकारी दिए। बाढीका कारण दैनिक उपभोग्य सामग्रीको अभाव झेलिरहेका प्रभावित परिवारलाई सहयोग पुग्ने विश्वास समाजले लिएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतको आवश्यकता बढिरहेका बेला विभिन्न संघसंस्था तथा विदेशमा रहेका नेपालीले सहयोग गर्दै आएका छन्।

यसै PAPAYA लगायत गलफ समाज ,फिक्रे नेपाल र ईस्लामिक फाउन्डेसन संस्थाले पनि मानवीय सहयोगअन्तर्गत ४ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न सामग्री उपलब्ध गराएको अध्यक्ष राइनले बताए।

प्रकाशित : भदौ १८, २०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA