रसुवाका बाढी प्रभावितलाई PAPAYA लगायत गलफ समाज ,फिक्रे नेपाल र ईस्लामिक फाउन्डेसन संस्था द्वारा ४ लाखभन्दा बढीको खाद्यान्न सहयोग : JCNEPALMEDIA

भदौ १८,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : रसुवाको बाढी प्रभावित क्षेत्रमा बाढी प्रभावितलाई PAPAYA लगायत गलफ समाज ,फिक्रे नेपाल र ईस्लामिक फाउन्डेसन संस्था द्वारा ४ लाखभन्दा बढीको खाद्यान्न सहयोग गरेका छन ।

जनकपुर ईस्लामिक संस्थाका अध्यक्ष अजिजकाे अगुवाइमा रसुवा बाढीपीडितका लागि ४ लाख ५० हजारकाे खद्दान समाग्री सहयोग गरेको छ । भाद्र १२ गते रसुवा बाढी पिडतका लागि इसलामिक संस्थाका अध्यक्ष माे. अजिजकाे अगुवाइमा PAPAYA लगायत- गलफ समाज सेवा संस्था ,फिक्रे नेपाल र ईस्लामिक फाउन्डेसन लादाेले विभिन्न खद्दान समाग्री संकलन गरी सहयोग गरेका थिए ।

आइतबार समाजले गोसाइँकुण्ड गाउँपालिका–२ अन्तर्गत टिमुरे र घट्टेखोला क्षेत्रमा बाढी प्रभावित परिवारका लागि दाल, चामल, नुन, तेललगायत खाद्यान्न सामग्री उपलब्ध गराएको हो। गल्फ समाज सेवा संस्थाका अध्यक्ष जमशेद राइनले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री सहयोग गरिएको जानकारी दिए। बाढीका कारण दैनिक उपभोग्य सामग्रीको अभाव झेलिरहेका प्रभावित परिवारलाई सहयोग पुग्ने विश्वास समाजले लिएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतको आवश्यकता बढिरहेका बेला विभिन्न संघसंस्था तथा विदेशमा रहेका नेपालीले सहयोग गर्दै आएका छन्।

यसै PAPAYA लगायत गलफ समाज ,फिक्रे नेपाल र ईस्लामिक फाउन्डेसन संस्थाले पनि मानवीय सहयोगअन्तर्गत ४ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न सामग्री उपलब्ध गराएको अध्यक्ष राइनले बताए।

प्रकाशित : भदौ १८, २०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा : JCNEPALMEDIA

विद्युत अफिसका हाकिम यादव ५१ हजार रुपैयाँ घुससहित रँगेहात पक्राउ : JCNEPALMEDIA

भोटेकोशी बाढीपीडितका लागि जनकपुरको माँ जानकी डेरीद्वारा ५१ हजार सहयोग : JCNEPALMEDIA

आजको संसद् बैठकमा सभामुखले प्रस्तुत गर्दैछन् ‘विशेष प्रस्ताव’ : भोटेकोसी बाढी JCNEPALMEDIA

भोटेकोशी बाढीपीडितका लागि धनौजी गाउँपालिकाले २२ लाख बढी रुपैयाँ सहयोग गर्ने : JCNEPALMEDIA

कांग्रेसका क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्न पाँच दिनको समय थप : JCNEPALMEDIA