आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि : JCNEPAL MEDIA

भाद्र १८,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअनुसार एकदिनमा सुनको मूल्य ७ हजार ६ सय रुपैयाँले बढेको हो । त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ४ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । साथै, चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रतितोला १ सय ४५ रुपैयाँले बढेको हो ।

१० ग्राम चाँदीको मूल्य आज ४ हजार ५१ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित : भाद्र १८ २०८३     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरका सिद्धार्थ शिशु सदन माविले रसुवा बाढी पिडतका लागि गरे २ लाख ५१ हजार सहयोग : JCNEPALMEDIA

दुई आईजीपी बीच सम्बन्धमा दरार,औपचारिक बाहेक बाेलचाल बन्द : JCNEPALMEDIA

औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर : JCNEPALMEDIA

रसुवाका बाढी प्रभावितलाई PAPAYA लगायत गलफ समाज ,फिक्रे नेपाल र ईस्लामिक फाउन्डेसन संस्था द्वारा ४ लाखभन्दा बढीको खाद्यान्न सहयोग : JCNEPALMEDIA

पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा : JCNEPALMEDIA

विद्युत अफिसका हाकिम यादव ५१ हजार रुपैयाँ घुससहित रँगेहात पक्राउ : JCNEPALMEDIA