औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर : JCNEPALMEDIA

भदौ १८,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आर्थिक वर्ष २०७८/०७९ मा माछापालनका लागि सञ्चालित कार्यक्रममा कामै नगरी वा तोकिएको मापदण्ड पूरा नगरी झुट्टा बिल भरपाई बनाई रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ । गाउँपालिका र प्रगतिशील कृषक समूहबिच १५ लाख रुपैयाँमा सम्झौता भएकोमा माछाको भुरा, दाना, चन र कृषि सामाग्री वितरण नै नगरी पुरा काम भएको भनी ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बढी भुक्तानी लिई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

अख्तियारले औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादवलाई प्रतिवादी बनाएको छ।

उनीहरू चारै जनासँग जनही ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बिगो मागदाबी गरिएको छ। आयोगका अनुसार तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्माले आफू पदमा नरहेको अवस्थामा समेत प्रमुख प्रशासकीय अधिकृत भएको भनी ओहदा र अधिकारको दुरुपयोग गरी सरकारी कागजातमा अनधिकृत रूपमा सच्याउने र विवरण हेरफेर गर्ने कार्य गरेको समेत पाइएको छ।

यसका लागि उनलाई भ्रष्टाचार निवारण ऐनको दफा ११ र १५ बमोजिम थप सजायको माग गरिएको छ। त्यसैगरी, कृषक समूहका अध्यक्ष राम भजन यादवले सरकारी कर्मचारीहरूसँगको मिलेमतोमा गैरकानूनी लाभ लिने बदनियत राखेर भ्रष्टाचारको मतियार बनेको अभियोगमा उनीविरुद्ध पनि मुख्य अभियुक्त सरहकै सजाय र बिगो असुलको मागदाबी लिई मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रकाशित : भदौ १८, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरका सिद्धार्थ शिशु सदन माविले रसुवा बाढी पिडतका लागि गरे २ लाख ५१ हजार सहयोग : JCNEPALMEDIA

दुई आईजीपी बीच सम्बन्धमा दरार,औपचारिक बाहेक बाेलचाल बन्द : JCNEPALMEDIA

आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि : JCNEPAL MEDIA

रसुवाका बाढी प्रभावितलाई PAPAYA लगायत गलफ समाज ,फिक्रे नेपाल र ईस्लामिक फाउन्डेसन संस्था द्वारा ४ लाखभन्दा बढीको खाद्यान्न सहयोग : JCNEPALMEDIA

पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा : JCNEPALMEDIA

विद्युत अफिसका हाकिम यादव ५१ हजार रुपैयाँ घुससहित रँगेहात पक्राउ : JCNEPALMEDIA