औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर : JCNEPALMEDIA

भदौ १८,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आर्थिक वर्ष २०७८/०७९ मा माछापालनका लागि सञ्चालित कार्यक्रममा कामै नगरी वा तोकिएको मापदण्ड पूरा नगरी झुट्टा बिल भरपाई बनाई रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ । गाउँपालिका र प्रगतिशील कृषक समूहबिच १५ लाख रुपैयाँमा सम्झौता भएकोमा माछाको भुरा, दाना, चन र कृषि सामाग्री वितरण नै नगरी पुरा काम भएको भनी ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बढी भुक्तानी लिई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

अख्तियारले औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादवलाई प्रतिवादी बनाएको छ।

उनीहरू चारै जनासँग जनही ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बिगो मागदाबी गरिएको छ। आयोगका अनुसार तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्माले आफू पदमा नरहेको अवस्थामा समेत प्रमुख प्रशासकीय अधिकृत भएको भनी ओहदा र अधिकारको दुरुपयोग गरी सरकारी कागजातमा अनधिकृत रूपमा सच्याउने र विवरण हेरफेर गर्ने कार्य गरेको समेत पाइएको छ।

यसका लागि उनलाई भ्रष्टाचार निवारण ऐनको दफा ११ र १५ बमोजिम थप सजायको माग गरिएको छ। त्यसैगरी, कृषक समूहका अध्यक्ष राम भजन यादवले सरकारी कर्मचारीहरूसँगको मिलेमतोमा गैरकानूनी लाभ लिने बदनियत राखेर भ्रष्टाचारको मतियार बनेको अभियोगमा उनीविरुद्ध पनि मुख्य अभियुक्त सरहकै सजाय र बिगो असुलको मागदाबी लिई मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रकाशित : भदौ १८, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA