जनकपुरका सिद्धार्थ शिशु सदन माविले रसुवा बाढी पिडतका लागि गरे २ लाख ५१ हजार सहयोग : JCNEPALMEDIA

भदौ १८,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरका सिद्धार्थ शिशु सदन माविले रसुवा बाढी पिडतका लागि २ लाख ५१ हजार सहयोग गरेका छन ।

भाद्र १० गते रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट घरविहीन एवं प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सम्माननीय प्रधानमन्त्रीज्यूको दैवी प्रकोप उद्धार कोषमा जनकपुर एजुकेशन फाउन्डेसन प्रा.लि. द्वारा सञ्चालित सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय जनकपुरधाम–१ ले चेक द्वारा जिल्ला प्रशासन कार्यालय ,धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत रु. २,५१,०००/- (दुई लाख एकाउन्न हजार रूपैयाँ ) सहयोग पठाएको छ।

विद्यालयका प्रिन्सिपल राजु यादवले विपद्को यस कठिन घडीमा पीडित परिवारहरूको दुःखमा साथ दिनु हाम्रो सामाजिक उत्तरदायित्व र मानवीय कर्तव्य हो। हाम्रो यो सानो सहयोगले राहत तथा पुनर्स्थापनामा केही योगदान पुग्ने विश्वास लिएका छौँ : भने ।

पीडितको दुःखमा साथ दिऔँ, मानवताको हातेमालो गरौँ। नाराका साथ संचालक शितल यादव र प्रिन्सिपल राजु यादवले उक्त सहयोग रासि जुटाएका छन ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतको आवश्यकता बढिरहेका बेला विभिन्न संघसंस्था तथा विदेशमा रहेका नेपालीले सहयोग गर्दै आएका छन्।

त्यसतै; एजुकेशन फाउन्डेसन प्रा.लि. द्वारा सञ्चालित सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय जनकपुरधाम–१ ले पनि मानवीय सहयोगअन्तर्गत २ लाख ५१ हजार रूपैयाँ सरकारलाई सहयोग गरेको यादव द्वयले बताए।

प्रकाशित : भदौ १८, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दुई आईजीपी बीच सम्बन्धमा दरार,औपचारिक बाहेक बाेलचाल बन्द : JCNEPALMEDIA

औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर : JCNEPALMEDIA

आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि : JCNEPAL MEDIA

रसुवाका बाढी प्रभावितलाई PAPAYA लगायत गलफ समाज ,फिक्रे नेपाल र ईस्लामिक फाउन्डेसन संस्था द्वारा ४ लाखभन्दा बढीको खाद्यान्न सहयोग : JCNEPALMEDIA

पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा : JCNEPALMEDIA

विद्युत अफिसका हाकिम यादव ५१ हजार रुपैयाँ घुससहित रँगेहात पक्राउ : JCNEPALMEDIA