संखुवासभाको मकालुमा गोली हानेर शिक्षकको हत्या : JCNEPAL MEDIA

भाद्र १९,२०८३ / जेसी नेपाल संवाददाता

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुकको गोली प्रहार गरी एक शिक्षकको हत्या गरिएको छ। कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गएराति करिब ७ बजे गोली हानेर हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शिक्षक राईमाथि खाना खाएर हात धुन बाहिर निस्किएको अवस्थामा विद्यालय नजिकैबाट गोली प्रहार भएको थियो। कालिका आधारभूत विद्यालय परिसरमै बस्दै आएका शिक्षक राई खाना खाएपछि हात धुन बाहिर निस्कँदा भरुवा बन्दुक प्रहार भएको थियो।

बन्दुकको आवाजलगत्तै उनी भुइँमा ढलेका थिए। गोली उनको देब्रे कोखमा लागेको छ। घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा र इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट थप प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा पर्ने भएकाले प्रहरी टोली पुग्दै छ। शिक्षक राईमाथि कसले र कुन कारणले गोली प्रहार गरेको हो भन्नेबारे अझै खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटनाको सूक्ष्म अनुसन्धान सुरु भइसकेको र घटनास्थल पुगेपछि थप विवरण आउने जनाएको छ।

प्रकाशित : भाद्र १९, २०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA