‘महाधिवेशन प्रक्रिया तत्काल नरोकिए कांग्रेस फुट्छ’: JCNEPALMEDIA

भदौ २१,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको विवाद समाधानका लागि महाधिवेशन प्रक्रिया तत्काल रोक्नुपर्ने बताएका छन्।

महाधिवेशन नरोकिए कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने उनको चेतावनी छ। लेखकले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका कार्यसमितिलाई समेटेर विवाद समाधान गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै उनले १४औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने बताए।

पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि प्रयास गरिरहेको उल्लेख गर्दै लेखकले अदालतको फैसला कुरेर अघि बढ्नुपर्ने धारणा राखे।

महाधिवेशन प्रक्रिया अघि बढाएर पार्टी विभाजन भए त्यसको जिम्मेवारी महाधिवेशन सुरु गर्ने पक्षले लिनुपर्ने उनको चेतावनी छ ।

प्रकाशित : भदौ २१, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA