‘महाधिवेशन प्रक्रिया तत्काल नरोकिए कांग्रेस फुट्छ’: JCNEPALMEDIA

भदौ २१,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको विवाद समाधानका लागि महाधिवेशन प्रक्रिया तत्काल रोक्नुपर्ने बताएका छन्।

महाधिवेशन नरोकिए कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने उनको चेतावनी छ। लेखकले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका कार्यसमितिलाई समेटेर विवाद समाधान गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै उनले १४औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने बताए।

पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि प्रयास गरिरहेको उल्लेख गर्दै लेखकले अदालतको फैसला कुरेर अघि बढ्नुपर्ने धारणा राखे।

महाधिवेशन प्रक्रिया अघि बढाएर पार्टी विभाजन भए त्यसको जिम्मेवारी महाधिवेशन सुरु गर्ने पक्षले लिनुपर्ने उनको चेतावनी छ ।

प्रकाशित : भदौ २१, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियामा २ लाख ७० हजार यात्रु अलपत्र : JCNEPALMEDIA

ऋण नतिर्ने ऋणीमाथि कर्जा असुलीका प्रक्रिया अवलम्बन गरे बैंकका कर्मचारी पक्राउ, गृह मन्त्रालयले जारी गर्याे परिपत्र : JCNEPALMEDIA

८२० किलो गाँजा तथा चरेस बरामद, १२ जना भारतीय नागरिक पक्राउ : JCNEPAL MEDIA

संखुवासभाको मकालुमा गोली हानेर शिक्षकको हत्या : JCNEPAL MEDIA

जनकपुरका सिद्धार्थ शिशु सदन माविले रसुवा बाढी पिडतका लागि गरे २ लाख ५१ हजार सहयोग : JCNEPALMEDIA

दुई आईजीपी बीच सम्बन्धमा दरार,औपचारिक बाहेक बाेलचाल बन्द : JCNEPALMEDIA