ज्वालामुखी विस्फोटपछि इन्डोनेसियामा २ लाख ७० हजार यात्रु अलपत्र : JCNEPALMEDIA

भदौ २२,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौँ : इन्डोनेसियामा अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि करिब २ लाख ७० हजार यात्रु अलपत्र परेका छन्।

ज्वालामुखीको खरानीका कारण २ हजारभन्दा बढी उडान प्रभावित भएका छन्। शुक्रबार रातिदेखि विस्फोट भइरहेको ज्वालामुखीबाट ठूलो मात्रामा खरानी निस्किएपछि जकार्तासहित चार विमानस्थलको सञ्चालन लगातार दोस्रो दिन पनि प्रभावित भएको छ।

विमानस्थलमा उडानको जानकारी लिन र टिकट फिर्ताका लागि यात्रुको भीड लागेको छ। ज्वालामुखीको असरले हवाई यातायातसँगै विद्यालय, जलयातायात र ढुवानी सेवासमेत प्रभावित भएका छन्।

प्रकाशित : भदौ २२, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

ऋण नतिर्ने ऋणीमाथि कर्जा असुलीका प्रक्रिया अवलम्बन गरे बैंकका कर्मचारी पक्राउ, गृह मन्त्रालयले जारी गर्याे परिपत्र : JCNEPALMEDIA

‘महाधिवेशन प्रक्रिया तत्काल नरोकिए कांग्रेस फुट्छ’: JCNEPALMEDIA

८२० किलो गाँजा तथा चरेस बरामद, १२ जना भारतीय नागरिक पक्राउ : JCNEPAL MEDIA

संखुवासभाको मकालुमा गोली हानेर शिक्षकको हत्या : JCNEPAL MEDIA

जनकपुरका सिद्धार्थ शिशु सदन माविले रसुवा बाढी पिडतका लागि गरे २ लाख ५१ हजार सहयोग : JCNEPALMEDIA

दुई आईजीपी बीच सम्बन्धमा दरार,औपचारिक बाहेक बाेलचाल बन्द : JCNEPALMEDIA