गुठी संस्थानकाे विरूद्धमा जनकपुरकाे पिराडिचाैकमा स्थानीय द्वारा चक्का जाम : JCNEPALMEDIA

भदौ २३,२०८३ / जेसी नेपाल संवाददाता

राजगुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण ७ दिनभित्र हटाउन सूचना जारी भएपछि जनकपुरको पिडारी चौकमा स्थानीयले चक्काजाम गरेको छ ।

संविधानले सुनिश्चित गरेको गाँस, बास र कपासको अधिकार खोस्न पाइँदैन भन्दै जनकपुरधाममा स्थानीय आन्दोलित भएका छन ।

नेपालको संविधानले नागरिकका मौलिक हकका रूपमा खाद्य, आवासलगायतका अधिकार सुनिश्चित गरेको छ। तर, यी अधिकारको उल्लंघन सरकार पक्षबाटै हुन थालेको आरोप लगाउँदै जनकपुरधामका स्थानीय आन्दोलित भएका छन्। आफ्नो खाद्य सम्प्रभुता, आवास र कपासजस्ता आधारभूत अधिकारको संरक्षणको माग गर्दै स्थानीयले जनकपुरधामको पिडारी चोकमा चक्का जाम गरेका छन्।

आन्दोलनकारीहरूले नागरिकका मौलिक अधिकारको सम्मान गर्न र आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। गुठी संस्थानले ५० बर्ष देखि भाेग चलन गर्दै आएको फिल्डबुकमा समेत व्यक्तिकाे नाम चढिसकेकाहरूलाई समेत हटाउने सुचना गरेपछि आन्दोलीत भएका छन ।

पाेखरीकाे डिल छुट्टाउनु पर्थियाे कति फिट सम्म हटाउने त्यो पनि एकिन गर्नुपर्थियाे तर गुठी संस्थानले साेझै घर टहरा हटाउने ७ दिने सुचना जारी गरेकाले रजाैलका स्थानीय आन्दोलीत भएका छन ।

प्रकाशित : भदौ २३, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियामा २ लाख ७० हजार यात्रु अलपत्र : JCNEPALMEDIA

ऋण नतिर्ने ऋणीमाथि कर्जा असुलीका प्रक्रिया अवलम्बन गरे बैंकका कर्मचारी पक्राउ, गृह मन्त्रालयले जारी गर्याे परिपत्र : JCNEPALMEDIA

‘महाधिवेशन प्रक्रिया तत्काल नरोकिए कांग्रेस फुट्छ’: JCNEPALMEDIA

८२० किलो गाँजा तथा चरेस बरामद, १२ जना भारतीय नागरिक पक्राउ : JCNEPAL MEDIA

संखुवासभाको मकालुमा गोली हानेर शिक्षकको हत्या : JCNEPAL MEDIA

जनकपुरका सिद्धार्थ शिशु सदन माविले रसुवा बाढी पिडतका लागि गरे २ लाख ५१ हजार सहयोग : JCNEPALMEDIA