गुठी संस्थानकाे विरूद्धमा जनकपुरकाे पिराडिचाैकमा स्थानीय द्वारा चक्का जाम : JCNEPALMEDIA

भदौ २३,२०८३ / जेसी नेपाल संवाददाता

राजगुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण ७ दिनभित्र हटाउन सूचना जारी भएपछि जनकपुरको पिडारी चौकमा स्थानीयले चक्काजाम गरेको छ ।

संविधानले सुनिश्चित गरेको गाँस, बास र कपासको अधिकार खोस्न पाइँदैन भन्दै जनकपुरधाममा स्थानीय आन्दोलित भएका छन ।

नेपालको संविधानले नागरिकका मौलिक हकका रूपमा खाद्य, आवासलगायतका अधिकार सुनिश्चित गरेको छ। तर, यी अधिकारको उल्लंघन सरकार पक्षबाटै हुन थालेको आरोप लगाउँदै जनकपुरधामका स्थानीय आन्दोलित भएका छन्। आफ्नो खाद्य सम्प्रभुता, आवास र कपासजस्ता आधारभूत अधिकारको संरक्षणको माग गर्दै स्थानीयले जनकपुरधामको पिडारी चोकमा चक्का जाम गरेका छन्।

आन्दोलनकारीहरूले नागरिकका मौलिक अधिकारको सम्मान गर्न र आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। गुठी संस्थानले ५० बर्ष देखि भाेग चलन गर्दै आएको फिल्डबुकमा समेत व्यक्तिकाे नाम चढिसकेकाहरूलाई समेत हटाउने सुचना गरेपछि आन्दोलीत भएका छन ।

पाेखरीकाे डिल छुट्टाउनु पर्थियाे कति फिट सम्म हटाउने त्यो पनि एकिन गर्नुपर्थियाे तर गुठी संस्थानले साेझै घर टहरा हटाउने ७ दिने सुचना जारी गरेकाले रजाैलका स्थानीय आन्दोलीत भएका छन ।

प्रकाशित : भदौ २३, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA