सडकको कामै नगरी बिल बनाएर पैसा खाएको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा : JCNEPALMEDIA

भदौ २५,२०८३ / जेसी नेपाल संवाददाता

सडक निर्माण नै नगरी नक्कली बिल बनाएर पैसा खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध मुद्दा दायर गरेको छ। धनुषाको धनौजी गाउँपालिका–२ स्थित गौरदाहादेखि लखौरीसम्मको सडकको काम नै नगरी रकम हिनामिना गरेको पाइएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

अख्यितारले धनौजी गाउँपलिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखापाल राधेश्याम राय, खरिदार अरुणकुमार यादव, वरिष्ठ अहेव उमेर शाह र शिक्षा शाखा प्रमुख अनिलकुमार साहूविरुद्ध मुद्दा दायर गरेको हो। त्यस्तै, अमृत मिडिया प्रालि तथा कम्पनीका सञ्चालक राजेन्द्र यादव, जनकपुर टुडे मिडिया ग्रुप प्रालिका तथा जनकपुर टुडेका प्रधान सम्पादक बृजकुमार यादव, साइन कन्स्ट्रक्सन तथा सञ्चालक विकासप्रसाद यादव, एसकेवाई इन्जिनियरिङ एन्ड ट्रेडिङ प्रालि तथा सञ्चालक रामनारायण साह र असिस्टेन्ट सब इन्जिनियर शुभाषकुमार महरालाई विपक्षी बनाइएको छ।

तत्काली प्रशासकीय अधिकृत चौधरीसहित सरकारी कर्मचारी र निर्माण कम्पनीलाई नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोप छ। उनीहरूविरुद्ध २६ लाख ६४ हजार ६२४ रुपैयाँ हिनामिना गरेको आरोप छ। त्यस्तै, अमृत मिडियाका सञ्चालक राजेन्द्र यादव र जनकपुर टुडेका प्रधान सम्पादक बृजकुमार यादवलाई निर्माण कार्यको ठेक्का सम्बन्धी सूचनाका लागि एउटा मात्रै पत्रिका छापेर सूचना लुकाउने कार्यमा संलग्न भएको आरोप लगाइएको छ।

उनीहरूविरुद्ध दुई लाख ४९ हजार ५०४ रुपैयाँ बिगो दाबी गरिएको छ।

प्रकाशित : भदौ २५, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA