सडकको कामै नगरी बिल बनाएर पैसा खाएको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा : JCNEPALMEDIA

भदौ २५,२०८३ / जेसी नेपाल संवाददाता

सडक निर्माण नै नगरी नक्कली बिल बनाएर पैसा खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध मुद्दा दायर गरेको छ। धनुषाको धनौजी गाउँपालिका–२ स्थित गौरदाहादेखि लखौरीसम्मको सडकको काम नै नगरी रकम हिनामिना गरेको पाइएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

अख्यितारले धनौजी गाउँपलिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखापाल राधेश्याम राय, खरिदार अरुणकुमार यादव, वरिष्ठ अहेव उमेर शाह र शिक्षा शाखा प्रमुख अनिलकुमार साहूविरुद्ध मुद्दा दायर गरेको हो। त्यस्तै, अमृत मिडिया प्रालि तथा कम्पनीका सञ्चालक राजेन्द्र यादव, जनकपुर टुडे मिडिया ग्रुप प्रालिका तथा जनकपुर टुडेका प्रधान सम्पादक बृजकुमार यादव, साइन कन्स्ट्रक्सन तथा सञ्चालक विकासप्रसाद यादव, एसकेवाई इन्जिनियरिङ एन्ड ट्रेडिङ प्रालि तथा सञ्चालक रामनारायण साह र असिस्टेन्ट सब इन्जिनियर शुभाषकुमार महरालाई विपक्षी बनाइएको छ।

तत्काली प्रशासकीय अधिकृत चौधरीसहित सरकारी कर्मचारी र निर्माण कम्पनीलाई नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोप छ। उनीहरूविरुद्ध २६ लाख ६४ हजार ६२४ रुपैयाँ हिनामिना गरेको आरोप छ। त्यस्तै, अमृत मिडियाका सञ्चालक राजेन्द्र यादव र जनकपुर टुडेका प्रधान सम्पादक बृजकुमार यादवलाई निर्माण कार्यको ठेक्का सम्बन्धी सूचनाका लागि एउटा मात्रै पत्रिका छापेर सूचना लुकाउने कार्यमा संलग्न भएको आरोप लगाइएको छ।

उनीहरूविरुद्ध दुई लाख ४९ हजार ५०४ रुपैयाँ बिगो दाबी गरिएको छ।

प्रकाशित : भदौ २५, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गुठी संस्थानकाे विरूद्धमा जनकपुरकाे पिराडिचाैकमा स्थानीय द्वारा चक्का जाम : JCNEPALMEDIA

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियामा २ लाख ७० हजार यात्रु अलपत्र : JCNEPALMEDIA

ऋण नतिर्ने ऋणीमाथि कर्जा असुलीका प्रक्रिया अवलम्बन गरे बैंकका कर्मचारी पक्राउ, गृह मन्त्रालयले जारी गर्याे परिपत्र : JCNEPALMEDIA

‘महाधिवेशन प्रक्रिया तत्काल नरोकिए कांग्रेस फुट्छ’: JCNEPALMEDIA

८२० किलो गाँजा तथा चरेस बरामद, १२ जना भारतीय नागरिक पक्राउ : JCNEPAL MEDIA

संखुवासभाको मकालुमा गोली हानेर शिक्षकको हत्या : JCNEPAL MEDIA