भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण : JCNEPALMEDIA

भदौ २६,२०८३ / जेसी नेपाल संवाददाता

जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको अनुगमनका क्रममा ब्याङ्क्वेटमा भण्डारण गरिएका ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो।

ब्याङ्क्वेट सञ्चालकले असोज महिनामा पार्टी प्यालेसमा धेरै भोज तथा कार्यक्रम हुने भएकाले ग्यास आवश्यक पर्ने भन्दै आफू चितवन पुगेर बिहीबार मात्रै ग्यास ल्याएको बताएका छन्। स्थानीय प्रशासनको अनुरोधपछि आवश्यक परेका सर्वसाधारणलाई उक्त ग्यास वितरण गरिएको उनले जानकारी दिए। यसैबीच, जिल्ला प्रहरीले ग्यासको कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

भक्तपुर नगरपालिका–२, इटाछेका ४१ वर्षीय राजेश कर्मचार्यलाई १४ वटा सगर ग्यास सिलिन्डरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, सूर्यविनायक नगरपालिका–३, ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साहलाई पनि प्रहरीले पक्राउ गरेको छ।

सर्लाहीको बरहथवा नगरपालिका–७ घर भएका साहले प्रतिसिलिन्डर दुई हजार ८०० रुपैयाँमा ग्यास बिक्री गर्दै आएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साहको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डरसमेत जफत गरिएको छ। ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी तथा अवैध भण्डारण गर्ने गतिविधिमाथि अनुगमनलाई थप कडाइ गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित : भदौ २६, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सडकको कामै नगरी बिल बनाएर पैसा खाएको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा : JCNEPALMEDIA

गुठी संस्थानकाे विरूद्धमा जनकपुरकाे पिराडिचाैकमा स्थानीय द्वारा चक्का जाम : JCNEPALMEDIA

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियामा २ लाख ७० हजार यात्रु अलपत्र : JCNEPALMEDIA

ऋण नतिर्ने ऋणीमाथि कर्जा असुलीका प्रक्रिया अवलम्बन गरे बैंकका कर्मचारी पक्राउ, गृह मन्त्रालयले जारी गर्याे परिपत्र : JCNEPALMEDIA

‘महाधिवेशन प्रक्रिया तत्काल नरोकिए कांग्रेस फुट्छ’: JCNEPALMEDIA

८२० किलो गाँजा तथा चरेस बरामद, १२ जना भारतीय नागरिक पक्राउ : JCNEPAL MEDIA