धनुषामा एक १० बर्षिय बालिका बलात्कृत, २२ बर्षिय युवक फरार : JCNEPALMEDIA

भदौ २६,२०८३ / जेसी नेपाल संवाददाता

धनुषामा एक १० बर्षिय बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ । बालिकाको बलात्कार भएको एक साता भएको जनाइएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठिहनस्थित बालिकालाई बलात्कार भएको प्रहरीले जनाएको छ । यद्यपी, घटना संवेदनशिल भएकोले आरोपितको नाम समेत खुलाउन चाहेनन् ।

बलात्कार जस्तो जघन्य घटनालाई मिलाउन गाउँकै केही कहबैका नेताहरुले नेतृत्व गर्न थालेपछि पीडित परिवारले प्रहरीमा जाहेरी दिएको हो । ईलाका प्रहरी कार्यालय सबैला मार्फत जाहेरी दिएको बताईएको छ । ईलाका प्रहरी कार्यालय सबैलाले भने प्रक्रिया अगाडी बढाएको बताईएको छ ।

बालिकाले दिएको बयान अनुसार अनुसन्धान सुरु गरिएको जनाईएको छ । प्रहरीका अनुसार, पीडित बालिकाको हाडनातामा पर्ने भएकोले समाजिक रुपमा समेत संवेदनशिल भएको बताए । बालिकालाई उपचारको लागि जनकपुरको एक अस्पताल लगिएको तथा स्वास्थ्य परीक्षणपछि थप प्रक्रिया अगाडी बढाउने बताईएको छ ।

प्रकाशित : भदौ २६, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण : JCNEPALMEDIA

सडकको कामै नगरी बिल बनाएर पैसा खाएको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा : JCNEPALMEDIA

गुठी संस्थानकाे विरूद्धमा जनकपुरकाे पिराडिचाैकमा स्थानीय द्वारा चक्का जाम : JCNEPALMEDIA

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियामा २ लाख ७० हजार यात्रु अलपत्र : JCNEPALMEDIA

ऋण नतिर्ने ऋणीमाथि कर्जा असुलीका प्रक्रिया अवलम्बन गरे बैंकका कर्मचारी पक्राउ, गृह मन्त्रालयले जारी गर्याे परिपत्र : JCNEPALMEDIA

‘महाधिवेशन प्रक्रिया तत्काल नरोकिए कांग्रेस फुट्छ’: JCNEPALMEDIA