धनुषामा एक १० बर्षिय बालिका बलात्कृत, २२ बर्षिय युवक फरार : JCNEPALMEDIA

भदौ २६,२०८३ / जेसी नेपाल संवाददाता

धनुषामा एक १० बर्षिय बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ । बालिकाको बलात्कार भएको एक साता भएको जनाइएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठिहनस्थित बालिकालाई बलात्कार भएको प्रहरीले जनाएको छ । यद्यपी, घटना संवेदनशिल भएकोले आरोपितको नाम समेत खुलाउन चाहेनन् ।

बलात्कार जस्तो जघन्य घटनालाई मिलाउन गाउँकै केही कहबैका नेताहरुले नेतृत्व गर्न थालेपछि पीडित परिवारले प्रहरीमा जाहेरी दिएको हो । ईलाका प्रहरी कार्यालय सबैला मार्फत जाहेरी दिएको बताईएको छ । ईलाका प्रहरी कार्यालय सबैलाले भने प्रक्रिया अगाडी बढाएको बताईएको छ ।

बालिकाले दिएको बयान अनुसार अनुसन्धान सुरु गरिएको जनाईएको छ । प्रहरीका अनुसार, पीडित बालिकाको हाडनातामा पर्ने भएकोले समाजिक रुपमा समेत संवेदनशिल भएको बताए । बालिकालाई उपचारको लागि जनकपुरको एक अस्पताल लगिएको तथा स्वास्थ्य परीक्षणपछि थप प्रक्रिया अगाडी बढाउने बताईएको छ ।

प्रकाशित : भदौ २६, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA