झापामा आइतबारदेखि निषेधाज्ञा

१७ वैशाख, बिर्तामोड । झापामा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि राति १२ बजेदेखि निषेधाज्ञा लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले शुक्रबार निषेधाज्ञाको आदेश जारी गर्दै वैशाख २६ गते राति १२ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने उल्लेख गरेका छन् । त्यस्तै कुनै भेला जुलुस, सभा सम्मेलन गर्न नपाइने, हाट बजार मेला जात्रा महोत्सव, भोज गर्न पनि नपाइने निषेधाज्ञामा उल्लेख गरिएको छ ।

निषेधाज्ञामा सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सैलुन ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय पनि बन्द हुने भएका छन् ।

यातायातमा जोरविजोर

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेको भन्दै रोकथामका लागि कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रले एक साताका लागि जोर गते जोर नम्बर प्लेटका र बिजोर गते बिजोर नम्बर प्लेटका गाडी मात्र चल्न पाउने निर्णय गरेको हो ।

एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, बैंक, वित्तीय संस्था, फोहोरमैला व्यवस्थापन लगायतका अत्यावश्यक सेवामा चाहिँ जोर–विजोर लागू नहुने भनिएको छ । केन्द्रको शुक्रबार बसेको बैठकले सरकारी कार्यालय, बैंक तथा विमालाई पनि आलोपालो प्रणालीमा सञ्चालन गर्न भनेको छ । साथै, सबै प्रकारका सभासम्मेलन, सेमिनार, गोष्ठी, मनोरञ्जन स्थल लगायत बन्द गर्न पनि भनिएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालका अनुसार सर्वसाधारणलाई पनि अत्यावश्यकबाहेक हिँडडुल नगर्न आग्रह गर्ने निर्णय भएको छ । काँकरभिट्टा र खजुरगाछीबाहेकका नाकाबाट नागरिकहरुलाई प्रवेश गर्न निषेध गर्ने पनि भनिएको छ ।

कसैले मापदण्डको उल्लंघन गरे संक्रामक रोग नियन्त्रण ऐनअनुसार कारबाही हुने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहा बलात्कार घटनामा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध किटानी जाहेरी : इप्रका लहान JCNEPAL MEDIA

जनकपुरको २० प्राईभेट अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, बिना दर्ताबाला बन्द गर्न निर्देशन : मधेस प्रदेश JCNEPAL MEDIA

मधेस प्रदेशसभाको ७ वर्ष वितिद‌ै, सभामा भए ३२२ वटा बैठक तर ,बनेका अधिकांश कानून कार्यान्वयन भएन : JCNEPAL MEDIA

तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै : बागमती प्रदेश JCNEPAL MEDIA

मुख्यमन्त्री सिंहले सेटिङकाे अधारमा विवादित दासलाई बनाए बारा यातायात कार्यालय प्रमुख : JCNEPAL MEDIA

अन्तराष्ट्रि बहुउद्येश्यि रंगशाला निर्माणका लागि मधेश सरकारले १ अर्ब रुपैयाँ दिने : JCNEPAL MEDIA