शंकास्पद बिलबिजकसहित १३ हजार ९० किलो जिंकएश लोड गरिएको ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा : JCNEPALMEDIA

कार्तिक २६,२०८३ / जेसी नेपाल संवाददाता

विराटनगर : मोरङको उर्लाबारीबाट शंकास्पद बिलबिजकसहित १३ हजार ९० किलो जिंक एश (Zinc Ash) लोड गरिएको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङको उर्लाबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर मोरङबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा ना.६ ख १३४८ नम्बरको ट्रक चेकजाँच गरेको थियो।

उर्लाबारीस्थित चिनियाँ कम्पनी COVEC-CREGC-TUNDI JV बाट जिंक एश लोड गरी सर्लाहीतर्फ जाँदै गरेको उक्त ट्रकको बिलबिजक परीक्षण गर्दा सामानको मूल्याङ्कनमा करिब १४ लाख रुपैयाँ बराबरको फरक देखिएको थियो। त्यसैगरी, बिलमा उल्लेखित ढुवानीकर्ता र क्रेताको विवरणसमेत फरक–फरक पाइएपछि सम्भावित राजस्व छलीको आशंकामा ट्रक नियन्त्रणमा लिई सशस्त्र प्रहरीको नं. ३ गण मोरङमा राखिएको छ।

घटनाबारे आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय दमकमा पत्राचार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित : कार्तिक २६,२०८३                      ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बालेनको भारत भ्रमणमा पञ्चेश्वरबाँधबारे छलफल हुने भारतीय मन्त्रीको दाबी : JCNEPALMEDIA

छठ पर्वका ब्रतालुलाई साडी वितरण, १५० भन्दा बढी महिलालाई सम्मान : JCNEPALMEDIA

जनकपुरका विभिन्न चाैकमा जडान भएको ट्राफिक लाइट विग्रिएकाे अबस्था,मधेसका डिआइजी बाट सुचारु हुने प्रतिबधा : JCNEPALMEDIA

जनकपुर बंशी चाेककाे काली होटलमा मध्यराति प्रहरीको छापा, सुनचाँदी व्यवसायी ठाकुरसहित ५ जना पक्राउ : JCNEPALMEDIA

धनुषाको धनौजीमा आजदेखि वडा स्तरीय क्रिकेट प्रतियोगिता `धनौजी प्रिमियर लिग´(DPL) सुरु : JCNEPALMEDIA

प्रशासकीय अदालतको आदेश अवज्ञा गर्दै कार्यालय प्रमुख मिथलेश महतो : JCNEPALMEDIA