जनकपुरका विभिन्न चाैकमा जडान भएको ट्राफिक लाइट विग्रिएकाे अबस्था,मधेसका डिआइजी बाट सुचारु हुने प्रतिबधा : JCNEPALMEDIA

कार्तिक २६,२०८३ / जेसी नेपाल संवाददाता

मंगलबार मधेस प्रदेशका डिआइजी र पत्रकार जगदीश चाैधरी बिच भेटवार्ता भएको छ । भेटमा पत्रकार जगदीश चाैधरीले शान्ति सुरक्षा,लागू औषध र जनकपुरका विभिन्न चाैकमा जडान भएका सिसिटिभी क्यामरा सम्बन्धि कुरा गर्नुभएको थियो ।

उक्त भेटमा डिआइजी अधिकारीबाट सकारात्मक कुरा भयो । क्यमराकाे सबालमा सम्बन्धित व्यक्तिलाई निर्देशन गर्नुभएको थियो । मधेस प्रदेशको राजधानी जनकपुरधाममा सवारी साधनको आवागमन व्यवस्थित तथा ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले जडान गरिएका ट्राफिक लाइट प्रयोगविहीन बनेकाे अबस्थामा मधेसका डिआइजी ओमप्रसाद अधिकारीले सम्बन्धित ठेकेदारलाई अभिलम्ब बनाउन निर्देशन गरेका छन् ।

प्रदेश सरकारले झण्डै एक करोड रुपैयाँको लगानीमा नगरका विभिन्न चोकमा जडान गरेका ट्राफिक लाइट सञ्चालनमा आउन नसक्दा सरकारी लगानी बालुवामा पानी हालेसरह भएको छ। प्रदेशको स्थायी राजधानी जनकपुरधाममा बढ्दो सवारी चाप र अव्यवस्थित ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले मधेस प्रदेश सरकारले मधेस प्रदेश प्रहरी कार्यालयको समन्वयमा ट्राफिक लाइट जडान गरेको थियो। जनकपुरधामको मुरली चोक, जनक चोक, शिव चोक, भानु चोकलगायतका प्रमुख स्थानमा ट्राफिक लाइट जडान गरिएको भए पनि ती लाइट नियमित सञ्चालनमा आउन सकेका थिएन ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको अवधारणाअनुसार गरिएको उक्त लगानीको प्रभावकारितामाथि अहिले प्रश्न उठ्न थालेको छ। जडान गरिएका लाइटमध्ये मुरली चोक र भानु चोकमा रहेका लाइट केही दिन सञ्चालनमा आए पनि त्यसपछि बन्द भएका थिए। अन्य स्थानमा जडान गरिएका लाइट भने जडान भएदेखि नै प्रभावकारी रूपमा प्रयोगमा आउन नसकेको स्थानीयको भनाइ छ। आवश्यकता, औचित्य र प्राविधिक सम्भाव्यताको उचित अध्ययन नगरी गरिएको लगानीका कारण सरकारी स्रोतको दुरुपयोग भएको स्थानीयवासीको आरोप छ।

लाखौँ रुपैयाँ खर्च गरेर जडान गरिएका उपकरण सञ्चालनमा ल्याउन नसक्नु सम्बन्धित निकायको कमजोर योजना, अनुगमन र व्यवस्थापकीय उदासीनताको उदाहरण भएको उनीहरूको टिप्पणी छ। जनकपुरधामको मुख्य व्यापारिक केन्द्र तथा नगरको मुटु मानिने भानु चोकमा ट्राफिक लाइट प्रयोगविहीन हुँदा सवारी आवागमन थप अव्यवस्थित बनेको स्थानीय व्यापारीहरू बताउँछन्। उनीहरूका अनुसार चोकमा दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ।

ट्राफिक लाइट सञ्चालनमा ल्याउन सके सवारी साधनको आवागमन व्यवस्थित हुनुका साथै दुर्घटनाको जोखिमसमेत न्यूनीकरण गर्न सकिने उनीहरूको विश्वास छ। त्यसैले पत्रकार जगदीश चाैधरीले मधेस प्रदेशकाे प्रहरी कार्यालय , जनकपुरमा गई डिआइजी ओमप्रसाद अधिकारीलाई भेटि कुरा राख्दा वहाले सम्बन्धित व्यक्तिलाई वाेलाएर तुरून्त सुचारु गर्न निर्देशन दिएका छन ।

ट्राफिकलाईट टेकनिसियन वाहिरकाे रहेकाले घर गएका थिए । वहालाई वाेलाएकाे छ । टेक्निसियन आएपछि एक दिन नविराई ट्राफिक लाइट सुचारू गर्ने कार्य अगाडि बढाउछु भनी डिआइजी अधिकारीले प्रतिबधा जनाउनु भएकाे थियो ।

तस्बिर - पत्रकार राजन सिंह 

 

प्रकाशित : कार्तिक २६,२०८३                        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बालेनको भारत भ्रमणमा पञ्चेश्वरबाँधबारे छलफल हुने भारतीय मन्त्रीको दाबी : JCNEPALMEDIA

छठ पर्वका ब्रतालुलाई साडी वितरण, १५० भन्दा बढी महिलालाई सम्मान : JCNEPALMEDIA

शंकास्पद बिलबिजकसहित १३ हजार ९० किलो जिंकएश लोड गरिएको ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा : JCNEPALMEDIA

जनकपुर बंशी चाेककाे काली होटलमा मध्यराति प्रहरीको छापा, सुनचाँदी व्यवसायी ठाकुरसहित ५ जना पक्राउ : JCNEPALMEDIA

धनुषाको धनौजीमा आजदेखि वडा स्तरीय क्रिकेट प्रतियोगिता `धनौजी प्रिमियर लिग´(DPL) सुरु : JCNEPALMEDIA

प्रशासकीय अदालतको आदेश अवज्ञा गर्दै कार्यालय प्रमुख मिथलेश महतो : JCNEPALMEDIA