टी-२० विश्वकप : इङ्गल्यान्ड सेमिफाइनल प्रवेश, साबिक विजेता अष्ट्रेलिया बाहिरियो

काठमाडौं । श्रीलङ्कालाई पराजित गर्दै इङ्गल्यान्ड आईसीसी टी २० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। अन्तिम दुई बल बाँकी रहँदा ४ विकेटको जित निकाल्दै इङ्गल्यान्ड सेमिफाइनल पुग्न सफल भएको हो ।यो ग्रुपबाट साबिक विजेता अष्ट्रेलिया भने बाहिरिएको छ । न्युजिल्याण्ड यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।१९ ओभर ४ बल खेलेर इङ्गल्यान्डले १४२ रनको लक्ष्य भेटाएको थियो । इङ्गल्यान्डका लागि एलेक्स हालेसले ४७ रन बनाए । बेन स्टोक्सले ४२ रनमा अविजित रहे ।श्रीलंकाका लाहिरु कुमार, धनन्जय डी सिल्भा र वानिन्दु हसरंगा डी सिल्भाले २/२ विकेट लिए ।टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । श्रीलंकाका लागि पाथुम निसन्काले ६७ रनको अर्धशतकीय इनिङ खेले । इङ्गल्यान्डका मार्क उडले ३ विकेट लिए । साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नेपाल-भारत बोर्डर ७२ घण्टा बन्द रहने : JCNEPALMEDIA

बारामा प्रहरीले लागू ओैषध अफिम सहित ३ जनालाई गरे पक्राउ : JCNEPALMEDIA

सर्वोच्च अदालतकाे व्याख्या , जनमतको कदर गर्नु जिम्मेवार राजनीतिकर्मी र जनप्रतिनिधिको कर्तव्य : JCNEPALMEDIA

पर्सामा श्रोत नखुलेको १० लाख बढी रकमसहित तीन जना पक्राउ : JCNEPALMEDIA

TikTok मा हालेको भिडियोका कारण धनुषामा दुई समुदायबीच तनाव, मस्जिदमा तोडफोड JCNEPALMEDIA

मधेश प्रदेश सरकारमा आज मन्त्रीमण्डल विस्तार हुने सम्भावना : JCNEPAL MEDIA