निर्वाचन नजिकिँदै गर्दा वैदेशिक रोजगारीमा जाने बढे, असोजमा मात्र ६२ हजारभन्दा बढीले लिए श्रम स्वीकृति

काठमाडौं। देशमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा रोजगारीको खोजीमा देश छोडेर विदेश जानेको संख्या बढ्दै गएको छ।मंसिर ४ गते देशभर एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ। तर मतदाता भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेशिएका छन्।वैदेशिक रोजगार विभागका अनुसार गत असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जानको लागि ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमध्ये ५७ हजार २९६ जना पुरुष छन् भने ५ हजार ४१० जना महिला।वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढीले मलेसिया जानको लागि असोज महिनामा श्रम स्वीकृति लिएका छन्। असोजमा मलेसिया जान २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।यस्तै युनाइटेड अरब इमिरेट्स जान ७ हजार ८४५, साउदी अरेबिया जान ६ हजार ५३६, कतार जान ९ हजार ८४५, दक्षिण कोरिया जान १ हजार ९१८, रोमानिया जान १ हजार १८०, माल्टा जान १ हजार १२ र कुवेत जान ३ हजार ४९७ जनाले श्रम स्वीकृति लिएका छन्।आर्थिक वर्ष २०७९÷८० सुरु भएपछि वैदेशिक रोजगारीमा जान साउनमा ३८ हजार २००, भदौमा ७६ हजार ४०३ र ६२ हजार ७०६ गरी कुल १ लाख ७७ हजार ३०९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।साभार : डिसी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA