नेपालको कारागारमा २५ हजार ९०६ जना कैदीबन्दी, मतदाता सूचीमा नाम हुनेले भोट हाल्न पाउने

काठमाडौं। नेपालका विभिन्न जिल्लामा रहेका कारगारमा कुल २७ हजार १९५ जना कैदीबन्दीहरु रहेका छन्। तीमध्ये नेपाली कैदीबन्दीको संख्या २५ हजार ९०६ रहेको कारागारा व्यवस्थापन विभागले जनाएको छ।कारागारमा रहेका कुल कैदीबन्दीमध्ये २५ हजार ७०९ जना पुरुष र १ हजार ४८७ जना महिला रहेका छन्। विभागका अनुसार नेपालमा हाल कैदीको मात्र संख्या १४ हजार ६७८ रहेको छ। कैदीमध्ये १३ हजार ९३० पुरुष छन् भने ७४८ जना महिला रहेका छन्।यस्तै नेपालमा हाल कुल थुनुवा (बन्दी)को संख्या १२ हजार ५१७ रहेको छ। थुनुवामध्ये पुरुषको संख्या ११ हजार ७७९ र महिलाको संख्या ७३८ रहेको छ। कारागारमा रहेका नेपाली कैदीबन्दी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन पाउने छन्। उनीहरुलाई मतदानको व्यवस्था मिलाईएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार कारागारमा रहेका कैदीबन्दीले समानुपातिक तर्फ मात्र मतदान गर्न पाउनेछन्। कैदीबन्दीलाई आयोगले अस्थायी मतदाताको सूचीमा राखेको छ।आयोगले यस्ता अस्थायी मतदातको लागि अस्थायी मतदान केन्द्रको व्यवस्था समेत गरिसकेको छ। अस्थायी मतदाताको लागि आयोगले ७७ जिल्लामा १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरिसकेको छ।२०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो। अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था भएकोले आयोगले सोही बमोजिमको व्यवस्था मिलाई मतदानको सुनिश्चितता गरेको छ।साभार : डिसी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA