वाजपेयी बन्दै पंकज

काठमाडौं । अभिनेता पंकज त्रिपाठीले पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिका निर्वाह गर्ने भएका छन् । अटल बिहारी वाजपेयीको बायोपिकको शुक्रबार घोषणा गरिएको छ । चलचित्रको नाम ‘मै रहुन या न रहुनु ये देश रहना चाहिये अटल’ राखिएको छ ।उत्कर्ष नैठानीले लेखेको यो फिल्मलाई रवि जाधवले निर्देशन गर्दैछन् । रवि जाधव तीन पटक राष्ट्रिय पुरस्कार विजेता निर्देशक भइसकेका छन् । फिल्म भारतीय जनता पार्टीका संस्थापक र पार्टीका एक वरिष्ठ नेता अटल बिहारी वाजपेयीको जीवनको वरिपरि घुम्छ।पंकज त्रिपाठीले भने, ‘भारत एउटा जमिनको टुक्रा होइन, यो एक जीवित राष्ट्र हो, म यो आफ्नो सौभाग्य ठान्छु कि मैले यी पङ्क्तिहरू लेख्ने महान नेता श्री अटल बिहारी वाजपेयी जीको भूमिकालाई महसुस गर्ने मौका पाइरहेको छु, ठूलो पर्दामा। अटल चाँडै ।’पंकज त्रिपाठीले बहुआयामिक व्यक्तित्व भएका नेता वाजपेयीको भूमिका निर्वाह गर्न पाउँदा आफूलाई सम्मानित भएको बताए ।साभार : रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA