पुल निर्माण अन्तिम चरणमा

सर्लाही, मङ्सिर २८ गते । सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने गरी फूलजोर खोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ। वर्षौदेखि प्रतिक्षारत यो पुलको निर्माण कार्य पूरा हुन लाग्दा स्थानीय खुसी भएका छन्। उक्त स्थानमा पुल नहुँदा वर्षामा खोला वारपार गर्न समस्या हुने गरेको थियो। अब पुलबाटै आवतजावत गर्न मिल्ने भएपछि स्थानीय खुसी भएका हुन्। जब्दीका स्थानीय अर्जुन चौधरीले पुल निर्माण भएसँगै वर्षायाममा जोखिम मोलेर बाढीमा हेलिएर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो। ईश्वरपुर नगरपालिकाको रामपुर, बयलबास, रामनगर, बेला, मनहर्वा र चन्द्रनगर गाउँपालिकाका बासिन्दाले लालबन्दी बजारसम्म आउन छोटो दूरीमा पर्ने भएकाले फुलजोर खोला तरेरै आउने गरेका छन्। बाढी आएको बेला भने बयलबासबाट पूर्व–पश्चिम राजमार्गस्थित फूलजोर चोकमा निस्किएर लालबन्दी आउनुपर्ने बाध्यता थियो। ईश्वरपुर नगरपालिका–८ का वडाध्यक्ष श्याम थापाले दुई हप्ताभित्रमा पुलको निर्माण कार्य पूरा हुने जानकारी दिनुभयो। अघिल्लो वर्ष असारमा पुल ढलान गरेकै राति खोलामा बाढी आएर पुलको केही भाग बगाएपछि लामो समयसम्म निर्माण रोकिएको थियो। ठेकेदारलाई निरन्तर ताकेता गरेर पुलको कामलाई अन्तिम चरणमा पु-याइएको वडाध्यक्ष थापाले बताउनुभएको छ। उहाँका अनुसार पुल निर्माणका लागि सुरुमा १४ करोड रुपियाँमा ठेक्का लागेको थियो।   साभार : गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA