पुल निर्माण अन्तिम चरणमा

सर्लाही, मङ्सिर २८ गते । सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने गरी फूलजोर खोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ। वर्षौदेखि प्रतिक्षारत यो पुलको निर्माण कार्य पूरा हुन लाग्दा स्थानीय खुसी भएका छन्। उक्त स्थानमा पुल नहुँदा वर्षामा खोला वारपार गर्न समस्या हुने गरेको थियो। अब पुलबाटै आवतजावत गर्न मिल्ने भएपछि स्थानीय खुसी भएका हुन्। जब्दीका स्थानीय अर्जुन चौधरीले पुल निर्माण भएसँगै वर्षायाममा जोखिम मोलेर बाढीमा हेलिएर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो। ईश्वरपुर नगरपालिकाको रामपुर, बयलबास, रामनगर, बेला, मनहर्वा र चन्द्रनगर गाउँपालिकाका बासिन्दाले लालबन्दी बजारसम्म आउन छोटो दूरीमा पर्ने भएकाले फुलजोर खोला तरेरै आउने गरेका छन्। बाढी आएको बेला भने बयलबासबाट पूर्व–पश्चिम राजमार्गस्थित फूलजोर चोकमा निस्किएर लालबन्दी आउनुपर्ने बाध्यता थियो। ईश्वरपुर नगरपालिका–८ का वडाध्यक्ष श्याम थापाले दुई हप्ताभित्रमा पुलको निर्माण कार्य पूरा हुने जानकारी दिनुभयो। अघिल्लो वर्ष असारमा पुल ढलान गरेकै राति खोलामा बाढी आएर पुलको केही भाग बगाएपछि लामो समयसम्म निर्माण रोकिएको थियो। ठेकेदारलाई निरन्तर ताकेता गरेर पुलको कामलाई अन्तिम चरणमा पु-याइएको वडाध्यक्ष थापाले बताउनुभएको छ। उहाँका अनुसार पुल निर्माणका लागि सुरुमा १४ करोड रुपियाँमा ठेक्का लागेको थियो।   साभार : गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA