झारफुकको बहानामा जबरजस्ती करणी

कपिलवस्तु, मङ्सिर २८ गते । झारफुक गरी उपचार गर्ने बहानामा कपिलवस्तुमा एक महिला बलात्कृत भएकी छन् । बाणगङ्गा नगरपालिका १० मेचकुरी कोटियामाईथानमा मङ्सिर २० गते राति २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मीनबहादुर घलेले बताउनुभयो ।जबरजस्ती करणी गर्ने स्थानीय वर्ष २७ को पप्पु हरिजनलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । प्रहरीका अनुसार हरिजनले झारफुक गरी रोग निको पार्ने भन्दै उपचारका लागि बोलाएका थिए । मानिस नभएको मौका छोपी रातको समयमा एकान्तमा लगेर जबरजस्ती करणी गरेको बताइएको छ । हरिजनले यस अगाडि पनि यस्तो घटना गराएको हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।साभार : गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA