झारफुकको बहानामा जबरजस्ती करणी

कपिलवस्तु, मङ्सिर २८ गते । झारफुक गरी उपचार गर्ने बहानामा कपिलवस्तुमा एक महिला बलात्कृत भएकी छन् । बाणगङ्गा नगरपालिका १० मेचकुरी कोटियामाईथानमा मङ्सिर २० गते राति २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मीनबहादुर घलेले बताउनुभयो ।जबरजस्ती करणी गर्ने स्थानीय वर्ष २७ को पप्पु हरिजनलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । प्रहरीका अनुसार हरिजनले झारफुक गरी रोग निको पार्ने भन्दै उपचारका लागि बोलाएका थिए । मानिस नभएको मौका छोपी रातको समयमा एकान्तमा लगेर जबरजस्ती करणी गरेको बताइएको छ । हरिजनले यस अगाडि पनि यस्तो घटना गराएको हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।साभार : गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA