धनुषाको तीन पालिकामा बाल विवाह विरुद्ध सडक नाटक सम्पन्न

जनकपुरधाम २८ गते मंसिर । धनुषा जिल्लाको तीन स्थानीय तहमा मंगलबार एकै दिन जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । बालअधिकार लगायत सामाजिक रुपान्तरणका क्षेत्रमा काम गरिरहेको सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा जिल्लाको शहिदनगर नगरपालिकाको यदुकोहा, कमला नगरपालिकाको माचि तथा विदेह नगरपालिकाको तिनकौरिया बजारमा सडक नाटक प्रदर्शन गरिएको छ । बाल अधिकार समितिको समन्वय तथा प्लान ईन्टरनेशनलको आर्थिक सहयोगमा बाल संरक्षण परियोजना अन्तरगत बाल विवाह, घरेलु महिला र लैँगिक हिँसा सम्बन्धी उक्त सडकनाटक मार्फत कलाकारहरुले समाजमा रहेको बालबिबाह र महिला हिँसाका कारण भईरहेको समस्यालाई दर्शक समक्ष प्रस्तुत गरिएको थियो । नाटक मार्फत बालबिबाहका कारण बालबालिकाहरुको शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्ने असर र यसबाट हुने गरेको अकाल मृत्युलाई देखाइएपछि स्थानीयबासीहरुले यसको नाकारात्मक असरका बारेमा जानकारी पाएका थिए । उक्त सडक नाटकमा सामाजिक विकास र अनुसन्धान केन्द्रका सामाजिक परिचालक दिपेन्द्र दास तथा जिवछ दासको सहभागीतामा भएको सडक नाटकमा कलाकारहरु भोला मंडल, नरेश मंडल, मेथुल यादव, सुरज यादव, भुमादेवी यादव तथा कृति पटेलले बालबिबाह विरुद्ध अभिनय गर्नुभएको थियो । तिनकौरिया बजारमा भएको सडक नाटकमा प्रहरी चौकी तिनकौरियाका ईचार्ज प्रहरी नायव निरिक्षक संतोष कुमार झा, विदेह नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जयराम मंडल लगायतका अभिभावक, विद्यार्थी, व्यापारीहरुको सहभागीता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA