पोखरामा विवेक ओबराय : जिपलाइनको मज्जा लिए, छोराको जन्मदिनको केक काटे

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय शुक्रबार तालनगरी पोखरा पुगे, जहाँ उनले पर्यटकीय थलो घुमघामको आनन्द लिए । सपरिवार घुम्न निस्किएका उनले जिपलाइन र स्काइक्रिमरको मज्जा पनि लिए ।जिपलाइन चढेपछि उनले सञ्चारकर्मीसँग अनुभव पनि सुनाए । पोखरा घुमघामको पहिलो दिन रमाइलो भएको उनले बताए । नेपाल आउने बित्तिकै पोखरा जाने इच्छा देखाएका ओबराय त्यहाँ पुग्दा निकै प्रफुल्लित देखिन्थे ।पोखरामा उनले छोरा अर्जुनको जन्मदिनको केक काटे । पोखरा हुँदै ओबराय परिवार अन्नपूर्ण फेरोमा पर्ने प्रसिद्ध पुनहिलमा पदयात्राको लागि जाने कार्यक्रम छ । पोखरा फर्किएर भैरहवा हुँदै उनी लुम्बिनी दर्शनको लागि जानेछन् ।

काठमाडौं ओर्लनेबित्तिकै पशुपतिनाथको दर्शन गरेका विवेक लन्चसहित घुम्न चन्द्रागिरि डाँडा उक्लेका थिए । सोही दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेर समेत भेटे ।व्यवसायी पुनम यादवको पहलमा नेपाल आइपुगेका उनले आफ्नो नेपाल भ्रमण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भइरहेको बताएका छन् ।साभार : अनलाइनखबर

तस्वीर सौजन्य : आशिष पुरी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA