\'स्वास्थ्य मन्त्रालयले \'हामी सक्दैनौँ\' भनेर हात उठाउनु र महामारी प्रधानमन्त्रीको प्राथमिकतामा नपर्नु आपत्तिजनक\'

काठमाडौँ — कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना संक्रमणले भयावह रूप लिँदा पनि महामारी प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकतामा नपर्नु आपत्तिजनक भएको बताएका छन् ।

शनिबार बिहान ट्वीट गर्दै थापाले कोरोना संक्रमणको भयावह अवस्था सरकार एक्लैले सामना गर्न नसक्ने भए पनि स्वास्थ्य मन्त्रालयले 'हामी सक्दैनौँ' भनेर हात उठाउनु र प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नपर्नु आपत्तिजन भएको बताएका हुन् । उनले कोरोना रोकथाम र नियन्त्रणमा सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्ने पनि बताएका छन् ।

थापाले लेखेका छन्, ' कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ,निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ। तर प्रधानमन्त्रीज्यू यो लडाइँमा'हामी सक्दैनौँ´भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ! आपत्तिजनक छ ! कठिन छ,तर अझै हामीसँग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ। त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ। प्रधानमन्त्रीज्यू,हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA