मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णव पक्राउ

जनकपुरधाम । प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ ।महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट रु ७० लाख कीर्ते गरी झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महन्थ वैष्णवको नाममा रुपन्देहीस्थित मेगा बैंकको खातामा रहेको रु ७० लाख मौज्दात भएको खाता सरकारले रोक्का राखेको अवस्थामा त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरी खाताबाट सो रकम झिकेको आरोप छ ।

रुपन्देही जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा वैष्णवलाई पक्राउ गरिएको हो । रुपन्देही जिल्लामा रहेको मटिहानी स्थानको रामजानकी कुट्टीको करोडौँ मूल्य पर्ने जग्गा बिक्री गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका अन्य निकायहरूमा मुद्दा परेपछि महन्थ दासको नाउँमा रहेको बैङ्क खाता तथा अन्य सम्पत्तिहरू रोक्का भएको थियो । यस अघि गुठी संस्थानले महन्थ दासको महन्थ पदलाई  खारेज गरेको भएपनि उनी अदालतबाट स्थापित भएका थिए ।

महन्थ दासको नाउँमा रहेको रुपन्देही जिल्लाको सिद्धार्थ नगरमा रहेको मेघा बैङ्क शाखामा रहेको खाता रोक्का रहेको वेलामा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको कार्तिक ४ गते कीर्ते सही सहितका कागजात बनाएर बैङ्कमा फुकुवा पत्र पठाउँदै ७० लाख १८ हजार ५ सय १० रुपैयाँ ३५ पैसा जनकपुरधामका श्रवण यादवको नाउँमा ट्रान्सफर गरेका थिए ।

सोही विषयमा खोज तलास हुँदै गएपछि महन्थ दासले सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको दस्तखत किर्ते गरि सही छाप गरेर रकम झिकेको रहस्य सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले मुद्दा दिएपछि महन्थको विरुद्धमा रुपन्देही अदालतले पक्राउ पूर्जी जारी गरेका थिए ।

रुपन्देही जिल्ला अदालतको आदेशमा सोही जिल्लाको प्रहरी कार्यालयको पत्रका आधारमा महन्थ दासलाई पक्राउँ गरेर आजै रुपन्देही जिल्ला पठाउने काम भएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनु भयो ।

महन्थ दासले गुठी संस्थानको सैकडौ विघा जग्गा विक्रि गर्नुका साथै पछिल्लो पटक जनकपुरधामको दशरथ मंन्दिर परिसरको जग्गा दुई जना चिकित्सकलाई विक्रि गरेपछि अहिले मंन्दिर नै कुरुप बनेको छ ।

मटिहानी स्थानको नाउँमा रहेको जनकपुरधामको वडा नंं ८ र ७ को बजरंग चोक भन्दा पश्चिम भागमा रहेको कैयौ विघा जग्गा विक्रि गर्ने क्रममा महन्थ दासको भतिज तत्कालिन महोत्तरी जिल्ला शिक्षा कार्यालयका अधिकृत लाल झाको हत्या भएको थियो ।

अहिले महन्थले जनकपुरधामको दशरथ मंन्दिर परिसरको जग्गा विक्रि गरेपछि त्यसमा भवन निर्माण भएको छ । डा. जामुन प्रसाद सिंहको नाउँमा सो भवनमा क्लीनिक पनि सञ्चालनमा रहेको छ । त्यसको विभिन्न पक्षवाट विरोध हुँदै आइरहेको छ ।साभार : रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA