डीएसपी ठगबहादुर केसी ३५ तोला सुनसहित पक्राउ

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले केसीलाई पक्राउ गरिएको पुष्टि गरे। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले डीएसपी केसीलाई पक्राउ गरेको प्रवक्ता राईले बताए। सुन कारोबारसम्बन्धी मुद्दामा असुली गरेको भन्ने सूचना आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सीआईबीको टोली खटिएको थियो। उक्त टोलीले केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो। व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर उनी आफैंले राखेको पाइएको छ। केसीको साथबाट प्रहरीले ३५ तोला सुन र २५ लाख रुपैयाँ बरामद गरिएको छ। २५ लाख रुपैयाँ बुझाउँदा पनि सुन फिर्ता नपाएपछि व्यायारीले प्रहरीलाई खबर गरेका थिए। साभार : कोसी अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA