अपाङगलाई दया नभई पहुँचयुक्त संरचनाको आवश्यक्ताको माग

जनकपुरधाम ११ गते पुस । समाजमा रहेका अपांङगता भएका व्यक्तिहरुलाई दया नभई कानुन अनुसारको पहुँच युक्त संरचनाको आवश्यक्ता रहेको एक गोष्ठीमा सहभागीहरुले बताएका छन् । हामीलाई पनि समावेश गर नाराका साथ सुरु भएको अपाङगता भएका व्यक्तिहरुको नयायमा पहुँचका अवरोधकहरु सम्बन्धी जनकपुरधाममा सोमबार देखि सुरु भएको दुई दिने कार्यशाला गोष्ठीको पहिलो दिन सहभागीहरुले पहूँच युक्त संरचना निर्माणमा जोड दिएका छन् । सरकारी तथा सार्वजनिक कार्यालयहरुमा अपाङता मैत्री भवन नहूँदा समाजमा रहेका अपाङगता भएका व्यक्ति मात्र नभई बृद्धबृद्धा, बालबालिका तथा असक्तहरुलाई समेत पहुँचमा समस्या भईरहेकाले भौतिक संरचना निर्माण गर्दा सबैको पहूँच युक्त संरचना निर्माण गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय अपाङग महासंघ नेपालको आयोजनामा भएको सो गोष्ठीमा बोल्दै मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी मसाउद अलि खाँले अपाङगता भएका व्यक्तिहरुलाई सुरक्षा र न्यायमा पह्रूँच बढाउन प्रहरी संगठनले गम्भिरताका साथ काम गरिरहेको बताउदै केहि समस्या भए जानकारी गराउन आग्रह गर्नुभएको थियो । गोष्ठीमा बोल्दै वरिष्ठ अधिवक्ता किशोरी साहले आदालतमा अपाङगता भएका व्यक्तिका लागि दोभाषे राख्ने कानुन बनाई लागु गर्नुपर्ने बताउदै अपाङग मैत्री भवन निर्माण गर्नुपर्ने बताउनु भयो । गोष्ठीको पहिलो दिन राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख मञ्जु खतिवडाले विगतमा पहुँच युक्त संरचनाका लागि भएको अनुसन्धानले उजागर गरेका नचिजाहरु तथा समाधानका उपायहरुका बारेमा जानकारी गारउनु भएको थियो । त्यस्तै अधिवक्ता मुकुन्द हरि दहाल तथा विमल बस्नेतले न्यायमा पहुँचमा अपाङगता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा सम्बन्धी मापदण्डका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले अपाङगताका क्षेत्रमा आफुहरुले गरिरहेको कामका विषयमा जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA