वीरगञ्जमा गरिएको परीक्षणमा १९३ जनामा संक्रमण पुष्टि

१८ वैशाख, काठमाडौं । वीरगञ्जमा गरिएको परीक्षणमा १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शुक्रबार २ सय ८० जनाको परीक्षण गर्दा १ सय ९३ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।

पुष्टि भएका संक्रमितमध्ये ५७ जना महिला छन् । पर्साका १ सय ५१, बाराका ३०, रौतहटका ४, सर्लाहीका ३, चितवनको २, धनुषा, बर्दिया र नवलपरासीका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

अढाइ वर्षको बालकदेखि ७७ वर्षका संक्रमित छन् । संक्रमितको सिटी भ्यालु १३.१ देखि ३५.१ रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA

वरिष्ठ सई सागर राणालाई फसाउने डिआइजी थपलियाको षडयन्त्र फेल, केन्द्रले रोक्यो निलम्बनको प्रक्रिया : JCNEPALMEDIA

सिरहामा मोटरसाईकलको ठक्करबाट वृद्ध घाइते ,सेनाका दुई जवान पक्राउ : JCNEPAL MEDIA

CIB को असई हुँ भनी सर्वसाधारणलाई ठगी गर्ने महिलालाई प्रहरीले गरे पक्राउ : JCNEPAL

मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय

दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान,राष्ट्रियसभा निर्वाचन मधेस प्रदेश : JCNEPAL MEDIA