महोत्तरीका दुई पालिकाका विपन्न समुदायलाई न्यायो कपडा वितरण

जनकपुरधाम ११ गते पुस । महोत्तरी जिल्लाका दुई पालिकाका एक हजार दुई सय जना विपन्न समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । इस्लामिक रिलिफ वल्र्डवाइड नेपालको सहयोगमा दलित समाज उत्थान समिति नेपालको आयोजनामा महोत्तरी जिल्लाको बलवा नगरपालिकाको वडा नं. १ र ३ का ६ सय ३ जना तथा लोहारपट्टी नगरपालिका वडा नं. २ र ७ का ५ सय ९७ जना गरी कुल एक हजार २ सय परिवारलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक रामभजन महतोले जानकारी दिनुभयो । बलबा नगरपालिकाका मेयर विजय कुमार महतोको अध्यक्षतामा न्यानो कपडा अन्तरगत ८ हजार ५ सय बराबरका न्यानो कपडा वितरण गरिएको छ । त्यस्तै लोहारपट्टी नगरपालिका वडा नं. २ मा वडाध्यक्ष राम मिलन यादव तथा वडानं. ७ का वडाध्यक्ष गणेश ठाकुरको अध्यक्षतामा सो सामानहरु वितरण गरिएको छ । आइतबार देखि सुरु भएको न्यानो कपडा वितरण कार्यक्रम मंगलबार सम्म हुने कार्यक्रम संयोजक महतोले जानकारी दिनुभयो । विगतमा नै संस्थाले लक्षित वर्ग छनोट गरी ती विपन्न परिवारहरुलाई अहिलेको चिसोको समयमा राहत स्वरुप विभिन्न १२ प्रकारका न्यानो कपडाहरु वितरण गरिएको छ । सो कार्यक्रममा दलित समाज उत्थान समिति नेपालका अध्यक्ष डेजी पाण्डेय, कार्यकारी निर्देशकसुनिल ठाकुर, सल्लाहकार पुनित कुमार चौधरी , कार्यक्रम संयोजक राम भजन महतोले लगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसरी संस्थाको आयोजनामा विपन्न समुदायलाई न्यानो कपडा वितरण भईरहेको समयमा पालिकाको विपत व्यवस्थापन कोषबाट पनि अन्य राहतका सामानहरु वितरण गरिने जनप्रतिनिधिहरुले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA