मंगलपुरमा निःशुल्क दन्त शिविर सम्पन्न

जनकपुरधाम ११ गते पुस । धनुषाका विभिन्न स्थानमा पटक पटक निःशुल्क दन्त शिविर संचालन गरिसकेका जनकपुरधामका अप्पन डेन्टल चेम्बरले सोमबार क्षिरेश्वरनाथ नगरपालिका ३ मंगलपुर पकडियामा शिविर सम्पन्न गरेका छन् । जगत लाल गिरि प्रतिष्ठानको आयोजना तथा चेम्वर्सको सहयोगमा भएको सो निःशुलक शिविरमा एक सय ७० जनाको दाँतको परिक्षण गरिएको चेम्वर्सका संचालक डा. अजय शाहले जानकारी दिनुभयो । प्रतिष्ठानका महासचिव अंजय गिरिको विशेष उपस्थितीमा भएको सो शिविरमा सहभागी विरामीहरु मध्ये ५० जनाको दाँत निकालिएको थियो भने विरामीहरुलाई औषधी समेत वितरण गरिएको थियो । शिविरमा डा. शाहका साथै डा. सुमन कर्ण एचए रवि महतो, दिनेश साह, सलामत नदाफ कुन्दन, चन्दन , राहल लगायतले विरामीको दन्त परिक्षण गर्नुभएको थियो । अप्पन डेन्टल चेम्बरले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली लगायतका जिल्लाहरुको दर्जनौ स्थानमा निःशुल्क दन्त शिविर सम्पन्न गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA