मंगलपुरमा निःशुल्क दन्त शिविर सम्पन्न

जनकपुरधाम ११ गते पुस । धनुषाका विभिन्न स्थानमा पटक पटक निःशुल्क दन्त शिविर संचालन गरिसकेका जनकपुरधामका अप्पन डेन्टल चेम्बरले सोमबार क्षिरेश्वरनाथ नगरपालिका ३ मंगलपुर पकडियामा शिविर सम्पन्न गरेका छन् । जगत लाल गिरि प्रतिष्ठानको आयोजना तथा चेम्वर्सको सहयोगमा भएको सो निःशुलक शिविरमा एक सय ७० जनाको दाँतको परिक्षण गरिएको चेम्वर्सका संचालक डा. अजय शाहले जानकारी दिनुभयो । प्रतिष्ठानका महासचिव अंजय गिरिको विशेष उपस्थितीमा भएको सो शिविरमा सहभागी विरामीहरु मध्ये ५० जनाको दाँत निकालिएको थियो भने विरामीहरुलाई औषधी समेत वितरण गरिएको थियो । शिविरमा डा. शाहका साथै डा. सुमन कर्ण एचए रवि महतो, दिनेश साह, सलामत नदाफ कुन्दन, चन्दन , राहल लगायतले विरामीको दन्त परिक्षण गर्नुभएको थियो । अप्पन डेन्टल चेम्बरले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली लगायतका जिल्लाहरुको दर्जनौ स्थानमा निःशुल्क दन्त शिविर सम्पन्न गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA