द ट्रान्सपोर्टरको हिन्दी रिमेकमा ऋतिक र टाइगर

मुम्बई । बलिउडमा हालका दिनमा रिमेकको चलन बढ्दो छ । साउथका फिल्मलाई हिन्दीमा रिमेक गरिरहेका निर्माताहरू अब हलिउडतिर नजर लगाउन थालेका छन् । यो क्रमको सुरुवात फ्रेञ्च एक्सन थ्रिलर फिल्म ‘द ट्रान्सपोर्टर’बाट हुने भएको छ ।सन् २००२ मा रिलिज यो फिल्मको हिन्दी रिमेक विशाल राणाले गर्दै छन् । विशालले फिल्मको रिमेक गर्ने र आफ्नो प्रोडक्सन हाउस इकोलोन प्रोडक्सनको व्यानरमा बनाउनका लागि उनले आधिकारिक अधिकार किनिसकेका छन् ।विशालका अनुसार फिल्मका लागि ऋतिक रोशन, टाइगर श्राफ र रणवीर सिंहमध्ये कोही एक कलाकार लिने तयारी भइरहेको छ । तर उनको ध्यान भने ऋतिक र टाइगरमै केन्द्रित छ ।साभार : डिसी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA