प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता : सरकारमा सहभागी गराउने प्रयास

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरुलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गर्नुभएको छ ।यसअघिको वाम लोकतान्त्रिक गठबन्धनमा सहभागी रहेका नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरुलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री प्रचण्डले प्रयास गर्नुभएको हाे ।सरकारमा सहभागी गराउन आज बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । विशेष स्रोतका अनुसार ललितपुरमा बिहान भएको भेटमा एकीकृत समाजवादीलगायतका दलहरुलाई सरकारमा सामेल गराउने विषयमा दुई अध्यक्षबीच छलफल भएको छ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धन तोडेर नेकपा (एमाले)सहित सात दल, तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । सोही दिन उहाँले आठ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो ।नेकपा (एकीकृत समाजवादी)लाई पनि सरकारमा सामेल गर्न सके सो दलका १० सांसदसहित प्रधानमन्त्री प्रचण्डलाई १७९ सांसदको समर्थन हुनेछ ।साभार : गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA