मधेश प्रदेशमा सभामुखको मतदान स्थगित - JC NEPAL MEDIA

माघ २,२०७९ जेसी नेपाल संवाददाता आजका लागि डाकिएको मधेश प्रदेश सभाको बैठक र सभामुखको मतदान स्थगित भएको छ । पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय रूपमा शोक बिदा घोषणा गरिएकोले मधेश प्रदेश सभाको बैठक पनि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर बैठक स्थगित गरिएको जानकारी दिइएको छ । आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखको मतदान हुने कार्यतालिका थियो । अब मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरूलाई पठाइएको हो । यसका साथै मंगलबार नै सभामुखको निर्वाचनसमेत हुने सचिवालयले एसएमएसमार्फत जानकारी पठाएको सांसद रामचन्द्र मण्डलले बताए प्रकाशित : माघ२,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

सुनसरीमा हिन्दू–मुस्लिम समुदाय बीच विवाद हिंसात्मक, गोली चल्दा एक जनाको मृत्यु, ९ जना घाइते, कर्फ्यू लगाइयो : JCNEPALMEDIA

राजमार्गको होटल अनुगमन, धनुषाको बौआ होटल सञ्चालकलाई २५ हजार जरिवाना, थुप्रै खाद्यान्न नष्ट : JCNEPALMEDIA

कालापानी वनक्षेत्रमा बस्ती हटाउने प्रयासपछि बर्दिबास तनावग्रस्त, वनकाे गाडी जलाइए, राजमार्ग अवरुद्ध : JCNEPALMEDIA

पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA