जहाज दुर्घटनामा परेका कञ्चनपुरका आमाछोराको अन्तिम संस्कार महाकालीमै गरिने - JC NEPAL MEDIA

माघ २,२०७९ जेसी नेपाल संवाददाता कञ्चनपुर : पोखरामा भएको जहाज दुर्घटनामा ज्यान गुमाएका कञ्चनपुरका आमा छोराको सनाखत भएको छ । सोमबार दिउँसो आमा सुष्मा पाण्डेय भट्ट र छोरा श्लोक भट्टको शवको सनाखत भएको हो ।  आज (सोमबार) शवको पहिचान भयो, अब पोष्टमार्टमपछि अन्तिम संस्कारका लागि यहीँ ल्याउने तयारी भइरहेको छ, मृतक सुष्माका काकाससुरा यज्ञराजले भने, अहिले पोष्टमार्टमको तयारी भइरहेको जानकारी आएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका आमा छोरा काठमाडौंबाट घुम्नका लागि आइतबार बिहान पोखरा उडेका थिए । सुष्माका श्रीमान् सञ्जीव भने पहिले नै पोखरा पुगेका थिए । उनले नै श्रीमती र छोरालाई घुम्न र आफन्तसँगै भेटघाटका लागि पोखरा बोलाएका थिए । सुष्मा दुई छोरा र एक छोरीसँगै काठमाडौंमा बस्थिन् । उनकी जेठी छोरी चितवनमा एमबीबीएस अध्ययनरत छिन् । कान्छी छोरी काठमाडौंमै आईटी इन्जिनियर हुन् । दुई छोरामध्ये जेठो कक्षा १२ मा अध्ययनरत छन् । कान्छा श्लोक सेन्ट जेभियर्समा कक्षा ११ मा अध्ययनरत थिए । सुष्माका श्रीमान सञ्जीव महेन्द्रनगरमै व्यापार व्यवसायमा संलग्न छन् । यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले मृतक भट्टको घरमा पुगेर समवेदना प्रकट गरेका छन् । प्रकाशित :

माघ२,२०७९   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

सुनसरीमा हिन्दू–मुस्लिम समुदाय बीच विवाद हिंसात्मक, गोली चल्दा एक जनाको मृत्यु, ९ जना घाइते, कर्फ्यू लगाइयो : JCNEPALMEDIA

राजमार्गको होटल अनुगमन, धनुषाको बौआ होटल सञ्चालकलाई २५ हजार जरिवाना, थुप्रै खाद्यान्न नष्ट : JCNEPALMEDIA

कालापानी वनक्षेत्रमा बस्ती हटाउने प्रयासपछि बर्दिबास तनावग्रस्त, वनकाे गाडी जलाइए, राजमार्ग अवरुद्ध : JCNEPALMEDIA

पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA