सहमतिमै राष्ट्रपति चयन भए हुन्थ्यो : प्रधानमन्त्री दाहाल - JC NEPAL MEDIA

माघ ५,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सहमतिमै राष्ट्रपति चयन भए हुन्थ्यो भन्ने चाहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा बिहीबार प्रधानमन्त्री दाहालले सभामुख र उपसभामुखमा निर्वाचन हुने अवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिमा भने सहमतिको प्रयास भइरहेको बताए । सभामुखको निर्वाचन भयो । उपसभामुखको निर्वाचन पनि यसैगरी हुन्छ,उनले भने । राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । सत्ता साझेदार दल र मैले पनि एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस हो । हामी प्रयास गरिरहेका छौं ।

प्रकाशित : माघ ५,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA