रुपन्देही प्रशासनले लागू गर्‍यो टाइमकार्ड - JC NEPAL MEDIA

माघ ५,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : सेवाग्राहीलाई दिइने सेवा प्रवाहलाई सहज, सरल, छिटोछरितो र झन्झटिलोरहित बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले बिहीबारदेखि टाइमकार्ड लागू गरेको छ । प्रशासनले बिहानी समयमा सेवा लिन आउने सेवाग्राहीलाई रातो र दिउँसोको समयमा आउनेलाई पहेँलो टाइमकार्ड उपलब्ध गराएर सेवा दिने गरी चाँजोपाँजो मिलाएको हो । प्रशासनले नयाा नागरिकता, नागरिकताको प्रतिलिपी, राष्ट्रिय परिचयपत्र र ई-पासपोर्ट वितरणमा सहजता ल्याउन टाइमकार्ड लागू गरेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले जानकारी दिए । प्रमाण पुर्‍याएर आउने सेवाग्राही अब लाइनमा बसिरहनुपर्दैन, फाइल बोकेर प्रत्येक शाखा–शाखा धाइरहनु पनि पर्दैन,पाण्डेले भने, सबै सेवालाई एकद्वार प्रणालीमा ल्याउन र नागरिकलाई छिटोछरितो सेवा दिन टाइमकार्ड लागू गरेका हौं । सेवाग्राहीले रीतपूर्वक आफ्नो प्रमाणको कागजातसहित निवेदन पेस गरेपछि नागरिकता, राष्ट्रिय परिचयपत्र, ई-पासपोर्ट लिन प्रशासनमै कुरेर बस्नुपर्नेछैन । निवेदन दिएपछि टाइमकार्डमै यति समयपछि आउनू भनेर प्रशासनले समय तोकिदिनेछ । त्यसपछि तोकिएको समयमा आएर सेवाग्राहीले आफ्नो नागरिकता वा अन्य कागजात लिएर जान सक्नेछन् । फाइल पेस गरेर टाइमकार्ड पाएपछि सेवाग्राही यही बस्न पनि सक्नुहुनेछ, अन्यत्र आफ्नो काम भए त्यो काम सकेर तोकिएको समयमा आउन पनि सक्नुहुनेछ,पाण्डेले भने । यसले सेवामा सहजता ल्याउँछ नै सेवाग्राहीको समयको बचत पनि हुन्छ ।

प्रकाशित : माघ ५,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA