जसपा र उनका संगठनहरुले जनकपुरधाममा मनायो बलिदानी दिवस - JC NEPAL MEDIA

माघ ५,२०७९ जेसी नेपाल संवाददाता

जनकपुरधाम : जसपा नेपाल निकट संगठनहरुले पनि विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाएको छ । जनकपुरधामस्थित शहीद गेटमा रहेको शहीदको शालिकमा पुष्प अर्पण गरि जसपाका नेता कार्यक्रताहरुले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । कार्यक्रममा सहभागीहरुले मधेश आन्दोलन पश्चात राज्यद्वारा मधेशीदलाई देख्ने नजरियामा परिवर्तन आएको बताएका छन् । चरणबद्ध रूपमा मधेशीलाई अधिकार प्राप्त भइरहेको समेत उनीहरुले बताए । कार्यक्रममा मधेश प्रदेश सरकारका मन्त्री संजय यादव, पार्टीका प्रदेश अध्यक्ष रामबाबु यादव, प्रदेश सांसद रामअशिष यादव, जनकपुरधामका पूर्वमेयर लालकिशोर साह, युवा नेता अम्भु साह, नविन यादव, विकास यादव लगायतको सहभागीता थियो । जसपाको भ्रातृ संगठनहरु समाजवादी युवा संघ, समाजवादी विद्यार्थी युनियन, मधेशी स्वास्थ्यकर्मी फोरमसहितबाट कार्यक्रमको आयोजना गरिएको छ ।

प्रकाशित : माघ ५,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA