जसपा र उनका संगठनहरुले जनकपुरधाममा मनायो बलिदानी दिवस - JC NEPAL MEDIA

माघ ५,२०७९ जेसी नेपाल संवाददाता

जनकपुरधाम : जसपा नेपाल निकट संगठनहरुले पनि विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाएको छ । जनकपुरधामस्थित शहीद गेटमा रहेको शहीदको शालिकमा पुष्प अर्पण गरि जसपाका नेता कार्यक्रताहरुले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । कार्यक्रममा सहभागीहरुले मधेश आन्दोलन पश्चात राज्यद्वारा मधेशीदलाई देख्ने नजरियामा परिवर्तन आएको बताएका छन् । चरणबद्ध रूपमा मधेशीलाई अधिकार प्राप्त भइरहेको समेत उनीहरुले बताए । कार्यक्रममा मधेश प्रदेश सरकारका मन्त्री संजय यादव, पार्टीका प्रदेश अध्यक्ष रामबाबु यादव, प्रदेश सांसद रामअशिष यादव, जनकपुरधामका पूर्वमेयर लालकिशोर साह, युवा नेता अम्भु साह, नविन यादव, विकास यादव लगायतको सहभागीता थियो । जसपाको भ्रातृ संगठनहरु समाजवादी युवा संघ, समाजवादी विद्यार्थी युनियन, मधेशी स्वास्थ्यकर्मी फोरमसहितबाट कार्यक्रमको आयोजना गरिएको छ ।

प्रकाशित : माघ ५,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA