सांसद महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिए निर्देशन : महाेत्तरी- JC NEPAL MEDIA

माघ ७,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : कर्तव्य ज्यान मुद्दाको अभियोगमा फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

हिजो शुक्रवार मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमा कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको उल्लेख छ । विज्ञप्तिमा गृहमन्त्रीले पटकपटक मौखिक निर्देशन दिँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

महोत्तरी क्षेत्र नं १ बाट प्रतिनिधि सभामा विजयी एमाले सांसद कोइरीमाथि कर्तव्य ज्यान मुद्दाको अभियोग लागेको छ । यसअघि अस्ति बिहीवार सांसद कोइरी संसद् बैठकमा उपस्थित भइरहँदा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै कारबाही बढाउन नसकेको भन्दै नेपाली कांग्रेसका सांसदहरूले प्रश्न उठाएका थिए ।

त्यतिबेला पत्रकारसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले कतिपय अवस्थामा दोषी व्यक्तिलाई कानुन सम्मत रुपमा पक्राउ गर्न संरचनागत कठिनाइ रहेको बताउनुभएको थियो ।

प्रकाशित : माघ ७,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA