गृहमन्त्रीले गरे जिल्ला प्रमुख(सीडीओ )हरूकाे काज सरूवा

काठमाडौं : उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारीहरू र सहायक प्रमुख जिल्ला अधिकारीहरूको काज सरुवा गरेका छन् । लामिछानेले माघ ६ गतेको उप–प्रधान तथा गृहमन्त्रिस्तरको निर्णयानुसार राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरूको काज सरुवा भएको सूचनामा उल्लेख छ ।

गृहमन्त्री लामिछानेले ७० जनाको काज सरुवा गरेका छन् । ईन्द्रदेव यादवको जिल्ला प्रशासन कार्यालय (जिप्रका) सर्लाही, मीना अर्यालको जिप्रका अर्घाखाँची, लालबाबु कवारीको जिप्रका गोरखा, भोजराज खतिवडाको जिप्रका सिरहा, शेखर पौड्यालको जिप्रका दोलखा, नवराज सापकोटाको जिप्रका बारामा काज सरुवा भएको छ । परमानन्द घिमिरको जिप्रका रोल्पा, रामदत्त पाण्डेको गृह मन्त्रालय, रमेश न्यौपानेको जिप्रका सिन्धुपाल्चोक, सुनिता नेपालको जिप्रका सिन्धुली, धर्मेन्द्रकुमार मिश्रको जिप्रका रौतहटमा काज सरुवा भएको छ ।

शंकरहरि आचार्यको जिप्रका कपिलवस्तु, थानेश्वर गौतमको गृह मन्त्रालय, लक्ष्मण ढकालको जिप्रका अछाम, पुण्यविक्रम पौडेलको जिप्रका काभ्रेपलान्चोक, सागरमणि पाठकको जिप्रका गुल्मी, लीलाकुमारी केसी पाण्डेको जिप्रका धनकुटा, मोहनराज जोशीको इलाका प्रशासन कार्यालय बुटवल, दिलकुमार तामाङको गृह मन्त्रालयमा काज सरुवा भएको छ ।

प्रदर्शनी कुमारीको जिल्ला प्रशासन कार्यालय ओखलढुंगा, हुमकला पाण्डेको जिप्रका सुनसरी, अस्मान तामाङको गृह मन्त्रालय, विश्वराज न्यौपानेको जिप्रका डडेल्धुरा, वेदप्रसाद अर्यालको जिप्रका प्यूठानमा काज सरुवा भएको छ ।

वेदनिधि खनालको जिप्रका पर्सा, रमेश ढकालको जिप्रका धादिङ, नारायणप्रसाद रिसालको गृह मन्त्रालय, छविलाल रिजालको जिप्रका तनहुँ, विश्वप्रकाश अर्यालको जिप्रका नवलपरासी, काशिराज दहालको जिप्रका धनुषामा काज सरुवा भएको छ । युवराज कटेलको जिप्रका कैलाली, शिवराम पोखरेलको जिप्रका झापा, तीर्थराज भट्टराईको जिप्रका मोरङ, सुरेन्द्र पौड्यालको जिप्रका चितवन, विपिन आचार्यको जिप्रका बाँके, कृष्णचन्द्र पौडेलको जिप्रका सल्यान, कृष्णप्रसाद लम्सालको नवलपुर, किरण थापाको जिप्रका नुवाकोटमा काज सरुवा भएको छ ।

सुमन घिमिरेको गृह मन्त्रालय, हीरालाल रेग्मीको जिप्रका पर्सा, सुशील बैद्यको जिप्रका दाङ, उमेशकुमार ढकालको गृह मन्त्रालय, बसन्तराज पुरीको जिप्रका लमजुङ, रुद्रादेवी शर्माको गृह मन्त्रालय, खगेन्द्रप्रसाद रिजालको जिप्रका भक्तपुर, नारायणप्रसाद सापकोटाको जिप्रका सुर्खेत, चित्रागत बरालको जिप्रका पर्वत, श्रवणकुमार पोखरेलको जिप्रका इलाम र शशिधर घिमिरेको जिप्रका स्याङजामा काज सरुवा भएको सूचनामा उल्लेख छ ।

त्यसैगरी, सहायक प्रमुख जिल्ला अधिकारी नवलपरासीमा रोमबहादुर महतको काज सरुवा भएको छ । कृष्णबहादुर शाहीको जिप्रका सुनसरीको सहायक प्रजिअ, माधवप्रसाद ढुंगानाको जिप्रका सप्तरीको सहायक प्रजिअ, महेशकुमार पोखरेलको जिप्रका सिन्धुपाल्चोकको सहायक प्रजिअ, गोमादेवी चेम्जोङको जिप्रका ताप्लेजुङको प्रजिअमा काज सरुवा भएको छ ।

रामहरि शर्माको जिप्रका धादिङको सहायक प्रजिअ, जोरासिंह माझीको जिप्रका कालीकोटको प्रजिअ, सीता परियारको इलाका प्रशासन कार्यालय, साँखु, काठमाडौं, श्रीनाथ पौड्यालको जिप्रका हुम्लाको प्रजिअमा काज सरुवा भएको छ । हरिप्रसाद पन्तको जिप्रका रुकुम पश्चिमको प्रजिअ, मोहनराज जोशी इलाका प्रशासन कार्यालय बुटवल, बाबुराम अर्याल इलाका प्रशासन कार्यालय चन्द्रौटा, सूर्यबहादुर खत्रीको गृह मन्त्रालय, कृष्णबहादुर कटुवालको गृह मन्त्रालय, नारायण पाण्डेयको जिल्ला प्रशासन कार्यालय बझाुङको प्रजिअमा काज सुरुवा भएको छ । अमरदीप सुनुवारको जिप्रका ललितपुरको सहायक प्रजिअ, भूमिश्वर पोखरेलको जिप्रका डोल्पाको प्रजिअ, बेदनिधि अधिकारी जिप्रका नुवाकोटको सहायक प्रजिअ, गंगाबहादुर क्षेत्रीको गृह मन्त्रालय र पुष्कर रानाको जिप्रका गोरखाको सहायक प्रजिअमा काज सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

ललितपुर महानगरपालिकामा बुधबार सार्वजनिक बिदा : JCNEPAL MEDIA

पाठ्यपुस्तकमा व्यापक कालोबजारी, तर सरकार बने मुखदर्शक : JCNEPALMEDIA

करार शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रियामा सर्वोच्चको अन्तरिम आदेश : शहीदनगर नगरपालिका

जनकपुरमा किशोरीलाई बन्धक बनाएर ७ दिनसम्म बलात्कार, अवस्था चिन्ताजनक : JCNEPAL MEDIA

ई-बिडिङ ह्याकिङ ‘महाजाल, ठेक्कामा साइबर चलखेल,६ जना निर्माण व्यवसायी पक्राउ : JCNEPALMEDIA

आउदो साउन देखि नगरपालिका बाटै नापी र मालपोत सेवा दिने : JCNEPALMEDIA