इन्दिरा रानामगर समाजिक अभियन्ता देखि उपसभामुखसम्म- JC NEPAL MEDIA

माघ ८,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : उपसभामुखमा निर्वाचित इन्दिरा राना झापाको अर्जुनधारा नगरपालिकामा बि.स. २०२७ असार १८ गते जन्मिएकी हुन् । रानामगर एउटा जनजाति परिवारको चरम गरिबी अवस्थाबाट हुर्किएकी हुन् । उनले औपचारिक शिक्षा समेत निकै ढिलो गरी शुरु गरिन् । उनले १० वर्षको भएपछि कक्षा ५ बाट पढाई थालेकी ।

सुन्दर बाल्यकाल गाईबस्तु चराउने उनीहरूको हेरचाह गर्ने र घाँस, दाउरा गर्दैमा बित्यो । इन्दिरालाई पढ्ने इच्छा हुँदाहुँदै पनि कमजोर आर्थिक स्थिति र छोरी भएकै कारण पढ्न निक्कै समस्या थियो । स्कुलमा जानुभन्दा अगाडी उनी भुईँमा अक्षरहरू सिन्काले कोरेर पढ्न सिकेको बताउँछिन् । विद्यालय भर्ना भएपछि पढाइमा अब्बल रहेकी रानाका लागि शिक्षा प्राप्त गर्नु सजिलो भने थिएन । माध्यमिक तह उत्तीर्ण गरेपछि स्टाफ नर्स पढ्ने इच्छा हुँदाहुँदै परिस्थिति बस उनले अर्काको घरमा (बच्चाको पढाई समेत अन्य काममा सहयोग गर्ने गरी) काम गर्दै पढाई अघि बढाइन् ।

नर्स हुने इच्छा भए पनि आर्थिक अभावका कारण उनले अरूको घरमा बालबच्चा हेरचाह गर्दै उच्च शिक्षाको पढाइ पूरा गर्ने अठोट लिएर अघि बढ्दै गइन् । ‘उच्च शिक्षा अध्ययनकै सिलसिलामा साहित्यकार पारिजातसँग भेट भयो, उनी भन्छिन् , पारिजातसँगको भेटपछि समाजसेवातर्फ लाग्नुपर्छ भनेर सामाजिक काममा लागेँ । पारिजातको प्रेरणाबाट प्रभावित भएर वि.सं. २०५७ सालमा बन्दी सहायता नेपाल संस्था खोलेर जेलमा रहेका बालबालिकाहरूको शिक्षादीक्षामा समर्पित भएर लागिन् ।

विगत ३० वर्षदेखि शुरु भएको जेलरहित असल समाज निर्माण गर्ने अभियान अहिले पनि जारी छ । सोही संस्था मार्फत काठमाडौँको साँखुमा जुनकिरी स्कुल (बालगृह) सञ्चालनमा रहेको छ । उक्त बालगृहमा देशका विभिन्न जेलमा बन्दी जीवन बिताइरहेका कैदी बन्दीहरूका ८४ जना बालबालिकाहरूले सुरक्षित आश्रय लिइरहेका छन् ।

झापाको खुदुनाबारीमा बालगृह, जुनकिरी पुस्तकालय, जुनकिरी प्राथमिक विद्यालय, मनमाया बालगृह र जङ्गल गार्डेन बालगृह सञ्चालनमा छन् । पाल्पा मदनपोखरामा आमा पाराडाइज होम युवा तालिम केन्द्र उनकै अग्रसरतामा स्थापना भएको छ । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले २०६२ सालमा कटेरोमा स्थापना गरेको जुनकिरी बालमैत्री पुस्तकालय अहिले पनि झापामा छ ।

उनले शिक्षा प्राप्त गर्न जुन किसिमको दुःख गरिन् . अरूलाई त्यस्तो दुःख नहोस् भनेर झापा र काठमाडौँमा दुइटा जुनकिरी प्राथमिक विद्यालय स्थापना गरिन् । उनले २०६२ मा स्थापना गरेको जुनकिरी पुस्तकालयलाई २०६५ बाट जुनकिरी प्राविका रूपमा अघि बढाएका हुन् । रानामगर सन् २००५ मा पुरस्कृत ‘अशोका फेलो अवार्ड’ बाट प्राप्त रकम र विभिन्न दाताको सहयोगमा पक्की भवनमा आवाससहितको विद्यालय सञ्चालित छ । रानामगरले गृहजिल्ला झापामा तीन वटा बाल गृह, एउटा छात्र गार्डेन र एउटा डे केयर सेन्टर सञ्चालन गरेकी छन् । अर्जुनधारा–३ खुदुनाबारी बालगृहमा ७, मनमाया आमा बालगृहमा ५, गङ्गा जोशी आमा बालगृहमा ५, जङ्गल गार्डेन छात्र होममा ९ र जुनकिरी डे केयर सेन्टरमा ७ जना बालबालिका छन् । उनीहरू सबै जेल परेका अभिभावकका बालबालिका हुन् । जुनकिरी डे केयर सेन्टर जिल्ला कारागारभित्र सञ्चालित छ । उनले धेरै सम्मान र पुरस्कारहरू समेत प्राप्त गरिसकेकी छिन् ।

उनले अन्तर्राष्ट्रिय अवार्डहरू समेत पाएकी छिन् । अशोका फेलो २००५, एसिया २१ योङ लिडर पब्लिक सर्भिस अवार्ड २००९, वल्र्ड चिल्डे«न प्राइज अनररी अवार्ड २०१४, बीबीसी उत्कृष्ट १०० महिला २०१७मा परिन् । ‘द वन’ रोटरियन ह्युम्यानेटरियन सर्भिस अवार्ड २०२० मा मनोनीत भएकी इन्दिरा राष्ट्रिय सभाको उपसभामुख भएकी हुन् ।

प्रकाशित : माघ ८,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनमत पार्टीका निलम्बित केन्द्रीय कोषाध्यक्ष यादव ठगी मुद्दामा पक्राउ : JCNEPAL MEDIA

गँगासागरको डीलमा रामनारायण मिश्रको समाधीस्थल निर्माण कार्य रोक्का गर्न उच्च अदालतको अन्तरिम आदेश : JCNEPAL MEDIA

सिंहदरबारभित्र प्रदर्शन गरेपछि लिङ्देन र शाही प्रहरी नियन्त्रणमा : JCNEPAL MEDIA

निर्मल निवासमा पूर्वराजासँग राप्रपा नेताहरूको `शुक्रबारे कचहरी´ : JCNEPAL MEDIA

राप्रपा प्रदर्शनमा घुसपैठ हुने डरले शिक्षकहरु बिहानै गरे आन्दोलन : JCNEPAL MEDIA

एक भारतीय विद्यार्थीको गोली हानी हत्या : क्यानडा JCNEPAL MEDIA