पूर्वराष्ट्रपति डा. रामवरण यादवले भने , पाउन सकेन मुलुकले स्थिरता - JC NEPAL MEDIA

जनकपुरधाम : पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकमा उतकृष्ट संविधान बनेपनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् ।

मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले मुलुकको संविधान बनाउन आफुले पनि राम्रो भूमिका निर्वाह गरेको र संविधान राम्रै बनेपनि राजनीतिक स्थिरता पाउन नसकेको बताएको हो ।

उनले अझैपनि जनतालाई आड भरोसा र विश्वास दिलाउन नसकिएको धारणा पनि राखे । उनले असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताए ।

डा. यादवले समाजलाई राम्रो योगदान दिनहरुलाई सदैव सम्झनुपर्नेपनि बताए पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही रु ५१ हजारसहित वरिष्ट साहित्यकार धु्रवचन्द्र गौतम, वरिष्ट पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरे ।

प्रतिष्ठानका अध्यक्ष कविर राणाले बैङ्कोटेश्वर गुरुकूल विद्यालयलाई छात्रवृत्ति कोष स्थापना गर्न रु ५१ हजार हस्तान्तरण गरे ।

प्रकाशित : माघ ८,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA