छोरा गुमाएकाे पिडामा परिवार शोकमग्न - JC NEPAL MEDIA

माघ ९,२०७९ जेसी नेपाल संवाददाता

जनकपुरधाम : छोरा गुमाएकाे पिडामा परिवार शोकमग्न भएका छन । अपहरणपछि हत्या भएको जनकपुरधामका विष्णु र रोहित साहको घरमा रुवावासी छ । परिवारसहित गाउँ शोकमग्न छन् ।

विष्णुको घरमा छिमेकी र आफ्न्तको भीड बाक्लो रहेको छ । हत्या भएको खबरले सबैको आँखा रसाएको छ । विष्णुको २३ वर्षीय श्रीमती किरण साह अचेत रहेकी छन् । बेलाबेलामा मुर्छा पर्छिन् । उनलाई देवरानीद्वय चाँदनी र नाब्यले स्याहार गर्दैछन् । उनी श्रीमान गुमाउनु परेको पीडाले न होसमा छन्, न त बुझ्न सक्ने अवस्थामा । होस आएको समय श्रीमानलाई नै खोज्छन् । किरण बेला बेला बरबराउँदै दुई महिने छोरी रियान्सीको भविष्य सम्झेर रुन्छिन् ।

आइतबार विहान प्रहरीको खबर आएपछि विष्णुको बुवा रामबाबु साह शव ल्याउन भारत पुगेका थिए । हजुर बुवा रामकिशोर साह घरकै छेउमा भारी मन लिएर बसेका थिए ।

तर गाउँलेको भीडले उनको मन थाम्न सकेनन् । त्यसअघि नै रुदाँरुदै उनको घाटी बसिसकेको थियो । रामकिशोर अपहरणकारीहरुले फिरौती मागेको घटना सुनाउँदा सुनाउँदै भक्कानिएर रोइरहेका थिए । फिरौती रकम दिन तयार हुँदा पनि पापीहरुले नातीको हत्या गरेको उनको बिलौना छ ।

विष्णु रामबाबुको एक्लो छोरा थिए । विष्णुको दुई वर्षअघि जनकन्दनी स्थित कठालमा विवाह भएको थियो । उनी कक्षा १२ सम्म अध्ययन गरी घरकै कामकाज गरिरहेका थिए । त्यस्तै, रोहितको घर पनि शोकमग्न छ । रोहित जगदीश साहको एक्लो छोरा थिए । रोहित अविवाहित थिए ।

प्रकाशित : माघ ९,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA