धनुषाको सिडिओ अफिसमा विचाैलियाकाे काम गर्ने ठाकुर परे पक्राउ - JC NEPAL MEDIA

माघ १०,२०७९ जेसी नेपाल संवाददाता

जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक विचाैलियालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीहरुलाई कर्मचारीहरुसँग आफ्नो चिनजान रहेको र काम छिटो छरितो गराईदिने प्रलोभनमा पारी सेवाग्राहीबाट रकम असुल्ने एक दलाललाई प्रहरीले पक्राउ गरेको हो ।

सेवाग्राहीहरुसँग २ देखि ३ हजार रुपैयाँसम्म माग गरी गरी बिचौलियाको काम गरिरहेको गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले जनकपुरको कपिलेश्वर बस्ने बर्ष ३९ को दिपक ठाकुरलाई पक्राउ गरेको हो ।

मँगलबार अपरान्ह ४ बजेको समयमा ठाकुरलाई सेवा ग्राहीसंग रकम पन्ध्र सय रुपैयाँ लिदै गरेको अवस्थामा सिडिओ कार्यालयको अगाडीबाट पक्राउ गरेको हो ।

उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

प्रकाशित : माघ १०,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA