धनुषाको सिडिओ अफिसमा विचाैलियाकाे काम गर्ने ठाकुर परे पक्राउ - JC NEPAL MEDIA

माघ १०,२०७९ जेसी नेपाल संवाददाता

जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक विचाैलियालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीहरुलाई कर्मचारीहरुसँग आफ्नो चिनजान रहेको र काम छिटो छरितो गराईदिने प्रलोभनमा पारी सेवाग्राहीबाट रकम असुल्ने एक दलाललाई प्रहरीले पक्राउ गरेको हो ।

सेवाग्राहीहरुसँग २ देखि ३ हजार रुपैयाँसम्म माग गरी गरी बिचौलियाको काम गरिरहेको गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले जनकपुरको कपिलेश्वर बस्ने बर्ष ३९ को दिपक ठाकुरलाई पक्राउ गरेको हो ।

मँगलबार अपरान्ह ४ बजेको समयमा ठाकुरलाई सेवा ग्राहीसंग रकम पन्ध्र सय रुपैयाँ लिदै गरेको अवस्थामा सिडिओ कार्यालयको अगाडीबाट पक्राउ गरेको हो ।

उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

प्रकाशित : माघ १०,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA