प्रेम आचार्यको आत्म दाहले राज्यको चरम असफलताकाे संकेत : अभियानी जगदीश चाैधरी - JC NEPAL MEDIA

माघ ११,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : लागू पदार्थ दुर्वयसन विरूद्ध राष्ट्रिय अभियानकाे अभियन्ता जगदीश चाैधरीले राज्यका कारण संसद् भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् ।

किर्तिपुर अस्पतालमा आज बिहान ५ बजे उपचारकाे क्रममा प्रेम प्रसाद आचार्यको निधन भएपछि समाज सेवी चाैधरीले यो राज्यकाे चरम असफलताको कारण हो भनेका छन् ।

उनले भनेका छन्, उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको यचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको देखिन्छ ।

राज्यका हरेक निकाय र अंगहरु असफल भएका छन् । साथै आज जुन विदेशीहरू नेपालमा आएर बैंकिङ माध्यमले लुट तन्त्र मचाएका छन,त्यसको उपजनै हाे याे प्रेम घटना : उनले थपे ।

सत्तामा रहेका पार्टीहरूले सबै निकायलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा आफ्नो स्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनतर्फ लागेको उनको आरोप छन ।

सञ्चारमाध्यमहरूले पनि कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरू तयार गर्नुकाे सट्टा अमुक व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर समाचार बनाउन व्यस्त रहेको उनको भनाई छ ।

मिडिया राज्यको चाैथाे अंग भएकोले राज्यकाे प्रगति र उन्नति तिर अहम भुमिका खेल्नु पर्छ,उनले भनेका छन ।

प्रकाशित : माघ ११,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA