खोटाङमा यात्रुबहाक बस दुर्घटना हुदाँ सात जना घाइते - JC NEPAL MEDIA

माघ ११,२०७९ जेसी नेपाल संवाददाता

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट दिक्तेल जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५०८ नम्बरको बस बुधबार बिहान नुनथलामा दुर्घटना भएको हो ।

दुर्घटनामा झापा मेचीनगरपालिका–७ का बस चालक ३६ वर्षीय स्ट्रङ राई, मोरङ पथरी नगरपालिका–५ का २९ वर्षीय अमृत पाण्डे, बेलबारी नगरपालिका–१ का २५ वर्षीय किशोर लिम्बु, खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ४० वर्षीय नरबहादुर खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाडाँका २५ वर्षीय कुबिर दाहाल, उक्त नगरपालिका–१ दिक्तेलका २५ वर्षीय सरोज विश्वकर्मा र २८ वर्षीय हिनराज खतिवडा घाइते भएका छन् ।

उनीहरुको जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले बताए । गाडीमा चालक सहित १९ यात्रु सवार थिए ।

प्रकाशित : माघ ११,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA