खोटाङमा यात्रुबहाक बस दुर्घटना हुदाँ सात जना घाइते - JC NEPAL MEDIA

माघ ११,२०७९ जेसी नेपाल संवाददाता

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट दिक्तेल जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५०८ नम्बरको बस बुधबार बिहान नुनथलामा दुर्घटना भएको हो ।

दुर्घटनामा झापा मेचीनगरपालिका–७ का बस चालक ३६ वर्षीय स्ट्रङ राई, मोरङ पथरी नगरपालिका–५ का २९ वर्षीय अमृत पाण्डे, बेलबारी नगरपालिका–१ का २५ वर्षीय किशोर लिम्बु, खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ४० वर्षीय नरबहादुर खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाडाँका २५ वर्षीय कुबिर दाहाल, उक्त नगरपालिका–१ दिक्तेलका २५ वर्षीय सरोज विश्वकर्मा र २८ वर्षीय हिनराज खतिवडा घाइते भएका छन् ।

उनीहरुको जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले बताए । गाडीमा चालक सहित १९ यात्रु सवार थिए ।

प्रकाशित : माघ ११,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA