माइतीघरमा युवाहरूले अर्को जल्दो शरिर मेरो नहोस भने नरा सहित गरे प्रदर्शन- JC NEPAL MEDIA

माघ ११,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : माइतीघरमा युवाहरूले अर्को जल्दो शरिर मेरो नहोस भने नरा सहित प्रदर्शन गरेका छन ।

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वर बाहिर प्रेम प्रसाद आचार्यले आफैंलाई आगो लगाएर आत्मदाह गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

युवाहरुको एक समूहले आचार्यले आत्मदाह गर्नुमा राज्य दोषी रहेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले आचार्यले राखेका मागहरु सरकारले पूरा गर्नुपर्ने बताएका छन् । उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी युवाले देशमै केही गर्छु भन्नु अपराध हो सरकार ? गरिखान देउ, प्रेमप्रसादको आत्मदाह होइन हत्या हो जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रकाशित : माघ ११,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA