राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै : JC NEPAL MEDIA

माघ १३,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रिय सभा उपाध्यक्षको पद रिक्त भएको १ वर्षपछि निर्वाचन हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार ४ बजे बस्ने बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको मिति र समय तोक्ने भएका हुन् ।

राष्ट्रिय सभा बैठक दैनिक कार्यसूचीको पहिलो नम्बरमा उक्त विषय राखिएको छ । अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनको मिति र समय तोक्नुहुने, कार्यसूचीमा उल्लेख छ । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूबीच कसलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने भन्ने सहमति नभएकाले निर्वाचन मिति र समय नतोकेको बताउने गरेका थिए ।

हाल सत्ता गठबन्धनमा माओवादी केन्द्रबाट राष्ट्रिय सभाको उपाध्यक्ष बनाउने सहमति भएको बताइएको छ ।

प्रकाशित : माघ १३,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA