धनुषा : पर्खाल फोडेर भागेका ६ जना थुनुवामध्ये एक जना पक्राउ - JC NEPAL MEDIA

माघ १६,२०७९ जेसी नेपाल संवाददाता 

जनकपुरधाम : गएराती प्रहरीको हिरासत तोडेर फरार भएका ६ जना थुनुवाहरुमध्ये एक जना पक्राउ परेको छ ।

धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गएराती पर्खाल फोडेर भागेका ६ जना थुनुवामध्ये हातहतियार खरखजाना मुद्दाका २८ बर्षिय रोशन महतो आजै पक्राउ परेका हुन् ।

६ जना थुनुवा फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले व्यापक सर्च अपरेशन गरी साँझ ६ बजे महतोलाई पक्राउ गर्न सफल भएको हो ।

प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयको सँयुक्त टोलीले महतोलाई पक्राउ गरी पुनः ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याएको हो । बाँकीका ५ जना अझै फरार रहेका छन् ।

प्रकाशित : माघ १६,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA