नेपाल र भारतका रक्षामन्त्री बीच भेटवार्ता : बैंग्लोरमा - JC NEPAL MEDIA

फाल्नु १,२०७९ जेसी नेपाल संवाददाता

नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेती र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच बैंग्लोरमा भेटवार्ता भएको छ । भारतको बैंग्लोर सहरमा सोमबारबाट सुरु भएको - एरो इन्डिया–२०२३ - मा सहभागिता हुन पुगेका रक्षामन्त्री उप्रेती र रक्षामन्त्री सिंहबीच साइडलाइनमा भेटवार्ता भएको हो । काठमाडौंस्थित भारतीय दूतावासका अनुसार उक्त नेपालको तर्फबाट रक्षामन्त्री उप्रेतीसहित बलाधिकृत रथी सरोजप्रताप राणा र रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि उपस्थित थिए । उक्त एरो इन्डिया–२०२३ को भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन् । भारतीय सेनाको एयर फोर्स रहेको स्थानमा हुन लागेको उक्त कार्यक्रममा नेपाली रक्षा मन्त्री उप्रेतीले भारतले निर्माण गरेका सैन्य हातहतियारहरुको अवलोकन गर्ने छन् । उप्रेती फागुन ५ मा फर्कने कार्यक्रम छ । उनी बैंग्लोरबाट दिल्ली जाने छन् र त्यहाँबाट नेपाल आउने कार्यक्रम छ । भारतले आयोजना गरेको यो १४ औं "एरो इन्डिया"को हो । भारतले पछिल्लो समय सैन्य हातहतियारमा समेत ‘मेक इन इन्डिया’ लाई जोड दिइरहेको छ ।

प्रकाशित : फाल्नु १,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA