नेपाल र भारतका रक्षामन्त्री बीच भेटवार्ता : बैंग्लोरमा - JC NEPAL MEDIA

फाल्नु १,२०७९ जेसी नेपाल संवाददाता

नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेती र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच बैंग्लोरमा भेटवार्ता भएको छ । भारतको बैंग्लोर सहरमा सोमबारबाट सुरु भएको - एरो इन्डिया–२०२३ - मा सहभागिता हुन पुगेका रक्षामन्त्री उप्रेती र रक्षामन्त्री सिंहबीच साइडलाइनमा भेटवार्ता भएको हो । काठमाडौंस्थित भारतीय दूतावासका अनुसार उक्त नेपालको तर्फबाट रक्षामन्त्री उप्रेतीसहित बलाधिकृत रथी सरोजप्रताप राणा र रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि उपस्थित थिए । उक्त एरो इन्डिया–२०२३ को भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन् । भारतीय सेनाको एयर फोर्स रहेको स्थानमा हुन लागेको उक्त कार्यक्रममा नेपाली रक्षा मन्त्री उप्रेतीले भारतले निर्माण गरेका सैन्य हातहतियारहरुको अवलोकन गर्ने छन् । उप्रेती फागुन ५ मा फर्कने कार्यक्रम छ । उनी बैंग्लोरबाट दिल्ली जाने छन् र त्यहाँबाट नेपाल आउने कार्यक्रम छ । भारतले आयोजना गरेको यो १४ औं "एरो इन्डिया"को हो । भारतले पछिल्लो समय सैन्य हातहतियारमा समेत ‘मेक इन इन्डिया’ लाई जोड दिइरहेको छ ।

प्रकाशित : फाल्नु १,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA