म्याग्दीको २५ ठाँउमा फैलियो डढेलो,हिंउ र पानी नपर्दा- JC NEPAL MEDIA

फाल्नु १,२०७९ जेसी नेपाल संवाददाता

म्याग्दी : हिंउ र पानी नपर्दा म्याग्दीको २५ ठाँउमा डढेलो फैलिएको छ । म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको छ । अन्नपूर्ण गाँउपालिकाका ८ वटा वडा मध्ये ६ वटा वडाका विभिन्न स्थानमा अहिले डढेलो लागिरहेको जिल्ला वन अधिकृत चन्द्रमणी सापकोटाले जानकारी दिएका छन् । सापकोटाका अनुसार अहिले डढेलो लागेको जिल्लाको अधिकांश भेग हिमपात हुने क्षेत्रमा पर्छ । तर हिमपात र बर्षा नहुदा सुख्खा बढेर डढेलो लागिरहेको छ । अहिले डढेलो लागेका ठाँउहरु मानवबस्ति भन्दा टाढा रहेका छन् । डढेलोले धेरै नै वन क्षेत्र नोक्शान गरिरहेको वन कार्यालयले बताएको छ ।

प्रकाशित : फाल्नु १,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA