म्याग्दीको २५ ठाँउमा फैलियो डढेलो,हिंउ र पानी नपर्दा- JC NEPAL MEDIA

फाल्नु १,२०७९ जेसी नेपाल संवाददाता

म्याग्दी : हिंउ र पानी नपर्दा म्याग्दीको २५ ठाँउमा डढेलो फैलिएको छ । म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको छ । अन्नपूर्ण गाँउपालिकाका ८ वटा वडा मध्ये ६ वटा वडाका विभिन्न स्थानमा अहिले डढेलो लागिरहेको जिल्ला वन अधिकृत चन्द्रमणी सापकोटाले जानकारी दिएका छन् । सापकोटाका अनुसार अहिले डढेलो लागेको जिल्लाको अधिकांश भेग हिमपात हुने क्षेत्रमा पर्छ । तर हिमपात र बर्षा नहुदा सुख्खा बढेर डढेलो लागिरहेको छ । अहिले डढेलो लागेका ठाँउहरु मानवबस्ति भन्दा टाढा रहेका छन् । डढेलोले धेरै नै वन क्षेत्र नोक्शान गरिरहेको वन कार्यालयले बताएको छ ।

प्रकाशित : फाल्नु १,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA